
राष्ट्रिय स्तरको फिल्म वर्कशपको उद्घाटन गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ईच्छा देखाएका छन् । गत बर्षको अर्न्तराष्ट्रिय वर्कशपलाई पनि उद्घाटन गरेका उनले यो पटक हुने राष्ट्रिय स्तरको वर्कशपमा आर्थिक सहयोग सहित उद्घाटनमा ईच्छा देखाएका हुन् ।
असोज १९ देखि लमजुङको घलेगाँउमा हुने वर्कशपको उद्घाटन यहि असोज १७ गते डिल्लीबजार स्थित चलचित्र निर्देशक समाजको कार्यालयमा क्ल्याप ठोकी प्रधानमन्त्रीले गर्ने कार्यक्रम तय गरिएको छ । निर्देशक समाजका अध्यक्ष विमल पौडेलको एक टिमले भट्टराईसंग भेट गरेपछि उनी वर्कशप उद्घाटनका लागि तयार भएका हुन् । बार्ह लाख बजेटमा हुन लागेको यसपटकको वर्कशपमा पर्यटनलाई प्रमुख नाराको रुपमा पनि अघि सारिएको छ ।
वर्कशपमा सहभागी हुन ईच्छुक ब्यक्तिहरुको फर्म रजिष्टर गर्ने कार्य पनि धमाधम भईरहेको छ । ८० जनालाई सहभागी गराउने उद्देश्य सहित आयोजना हुने एक हप्ते वर्कशपमा सिमित सिट मात्र बाकी रहेकाले ईच्छुकहरुले तुरुन्ते कार्यालयमा सम्पर्क गर्न समाजले फिल्मीखबर मार्फत अनुरोध गरेको छ ।