मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`भेटी` मा स्वादिलो मसला !

फिल्मीखबर, काठमाण्डौ, 2012/09/24

मसलालाई सहि रूपमा प्रयोग गर्न जानियो भने खाना स्वादिलो हुन्छ । त्यस्तै मसलेदार फिल्ममा प्रयोग गरिने मसलाहरूको संयोजन राम्रो भएका दर्शकले त्यो फिल्मलाई रूचाउँछन् । यहि मसलेसार फिल्मको भिडमा स्वादिलो मसलाको सहि प्रयोग गरेर निर्माण गरिएको भनिएको 'भेटी' कार्तिक १७ गते देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।

 

फिल्मका निर्देशक किशोर चौधरीले आफ्नो फिल्मलाई स्वादिलो मसलेदार फिल्म भनि दाबी गरेका छन् । उनी भन्छन्,'यो दर्शकको लागि भनेर निर्माण गरिएको स्वादिलो मसलेदार फिल्म हो जसबाट दर्शकले पूर्ण सन्तुष्टी पाउनेछन् ।' कार्तिक ३ गते मोफसलबाट प्रदर्शन आरम्भ गर्ने भनिए पनि निर्माता नारायण खतिवडाले फिल्मलाई १७ गते देशभर एकसाथ प्रदर्शनमा ल्याउने बताए ।

 

फिल्ममा मन्दिरमा गएर फूल, अक्षता र भेटी चढाउँदैमा धर्मकर्म गरिने होईन सच्चा मनले पनि धर्म गर्न सकिन्छ र भेटी चढाउन मन्दिर नै धाउनु पर्छ भन्ने छैन भन्ने सन्देश दिन खोजिएको निर्देशक चौधरीले बताए । साथै फिल्मले धनी र गरिब बिच हुने सच्चा मायाप्रेमको कुरालाई पनि फिल्ममा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् ।

 

चित्रसेन बाबा मिडियाको पहिलो प्रस्तुति 'भेटी' मा रेखा थापा, प्रमोद खड्का, रागिनी खड्गी, राजेन्द्र खड्गी, विष्णु सापकोटा र बाल कलाकारको रुपमा निर्माता सञ्जोग खतिवडालाई मुख्य भूमिकामा देख्न पाईन्छ । निर्देशक स्वयंको लेखन तथा संगीत रहेको सो फिल्ममा राजु केसीको छायाँकन, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन तथा सुरेश चौधरीको नृत्यनिर्देशन रहेको छ ।