
अन्य क्षेत्रमा जस्तै फिल्म उद्योगमा पनि यस्ता धेरै लगानी कर्ताहरु छन् जो प्रत्यक्ष रुपमा देखा पर्ने गरेका छैनन् । कोहीले ब्ल्याक मनीलाई ह्वाईट बनाउन फिल्मको साहारा लिने गरेका छन् त कोही पब्लिसिटीको चाहाना छैन भन्दै अनसिन प्रोड्यूसरको रुपमा उद्योगको सदस्य बनिरहेका छन् ।
यहि भिडमा एक जना यस्ता व्यक्तिको इन्ट्री भएको छ जसमाथि फिल्मीखबरको नजर परेको छ । विगत १२ बर्षदेखि संयूक्त राष्ट्र संघको विश्व खाधान्न कार्याक्रम अन्र्तगत विशेष पदमा जागिर खाईरहेका सुबोध शर्मा फिल्मका प्रोड्यूसर पनि हुन् तर उनले आफ्नो नाम बाहिर ल्याउन चाहेका छैनन् ।
श्रीमती सुनिता शर्माको नाम सिहित २० प्रतिशतको अर्को पार्टनर रेशु ढुङगाना खडा गर्दे सुबोधले 'तिमिले दिएको माया' भन्ने फिल्म निर्माण गरेका छन् । विजय केरुङलाई निर्देशकको रुपमा अनुबन्ध गरेर साढे दुई बर्षअघि देखि उनले निर्माण सुरु गरेको सो फिल्म यहि मंसिर १ देखि देशब्यापी रुपमा रिलिज हुदैछ । जसको प्रोमो र गितहरु पनि सार्वजनिक गरिएको छ ।

राज तिम्लिसिना, सुवास मेचे, नीता ढुङगाना, सुनील थापा, रामचन्द्र अधिकारी तथा नयाँ अनुहार दीक्षा ढुङगानाको प्रमुख भूमिका रहेको सो फिल्मको मिडिया पब्लिसिटी आजदेखि सुरु गरिएको हो जुन सुरुवातसंगै प्रोड्यूसरको रुपमा नचिनिईन चाहेका सुबोध माथि फिल्मीखबरको नजर परेको हो ।
.jpg)
फिल्मको पब्लीसिटी म्याटरहरु पोष्टर, प्रोमो र गितमा कहै कतै आफ्नो नाम न राखेका सुबोधको प्रोफेशनको बारेमा पनि कार्यक्रममा प्रश्न उठेको थियो तर उनले आफ्नो ईज्जतीलो प्रोफेशनको बारेमा पनि बताउन चाहेनन् । यस्तै उनले कार्यक्रममा आफू फिल्मको प्रोड्यूर नभई संरक्षक मात्र भएको बताएका छन् । श्रोत अनुसार फिल्ममा जस्तै अनसिन लगानिकारी भएर उनले फिल्म कलेज स्थापना पनि गर्दैछन् । तर उनले किन आफ्नो नाम प्रत्यक्षा अगाडी ल्याउन चाहेनन त्यो भन्ने प्रश्न चिन्हको रुपमा खडा भएको छ ।
.jpg)
.jpg)