मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखा थापाले आफ्नो वचन पुरा गर्लिन् त ?

रेम बिक, पोखरा, 2012/09/23

नेपाली फिल्म उद्योगका मानिसहरु गफ हान्नमा निकै माहिर मानिन्छन् । धेरै ठाउँमा गएर धेरै खालको प्रतिबद्धता गर्छन् तर प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा उनीहरु नेपाली राजनीतिक नेताहरुभन्दा कम हुँदैनन् । अर्थात कुनै भीडको ध्यान आफुप्रति आकर्षण गर्नका लागी जे पनि बोल्न पछि नपर्ने तर आफ्नो बोली अनुसारको काम गर्ने बेलामा 'बाल' नदिने प्रवृत्ति देखिँदै आएको छ ।


त्यसैमाथि राजनीतिक रुपमा केहि चर्चित रहेकी नायिका रेखा थापाले पोखरामा विग आईकनका फाईनलिस्टहरुलाई आफ्नो आगामी प्रोजेक्टमा पाश्र्वगायनको लागी स्थान दिने भनेर प्रतिबद्धता गरेकी छन् । शुक्रबार भएको 'विग आईकन' को ग्राण्ड फिनालेमा चिफ गेस्ट भएर पोखरा आएकी नेपाली फिल्म उद्योगकी चर्चित नायिका रेखा थापाले पोखरा सभागृहमा खचाखच भरिएका करिब पाँच हजार दर्शक सामु यस्तो प्रतिबद्धता जनाएकी हुन् । भलै उनले यस्तो प्रतिबद्धता गर्दा सभागृहमा भरिएका दर्शकको गड्गडाहट तालि र ठुलो हुटिङ पाईन् तर रेखाले आफ्नो आगामी फिल्ममा विग आईकनका फाईनलिस्टहरुलाई गीत गाउन देलिन् त  ?

 

 

 


रेखा थापाको कुरा गर्दा नयाँ प्रतिभाहरुलाई उनले आफ्नो फिल्मको विभिन्न विधामा चान्स दिँदै आएकी भने छन् । पछिल्लो समय रेखा फिल्मस्को ब्यानरबाट निर्माण भई प्रदर्शनमा आईसकेको फिल्म रावणमा पनि उनले धेरै जनालाई डेब्यु गराएकी थिईन् । उनकै ब्यानरबाट निर्माण भई हिट बनेको फिल्म 'हिम्मत' मा पनि उनले पहिलो नेपाली तारा दीपक लिम्बुलाई पाश्र्वगायनमा समेटेकी थिईन् । त्यसताका लिम्बुले गाएको 'मैले त्यहि भएर मन पराको' बोलको गीत निकै चर्चित समेत बनेको थियो । विग एफएम पोखराको आयोजनामा भएको तेस्रो सँस्करणको विग आईकनका विजेता नविन काफ्ले, फस्ट रनरअप दर्शन गुरुङ र सेकेन्ड रनरअप आशिष दास दियाली पनि रेखाको फिल्ममा गीत गाएर दीपक लिम्बु जस्तै हिट हुने सपना साँचिरहेका छन् ।

 


विग आईकनको ग्राण्ड फिनालेमा विजेता घोषणा गर्दै रेखाले सबै फाईनलिस्ट बराबर प्रतिभावान भएकोले आफ्नो आगामी फिल्ममा गीत गाउन दिने कुरा कतै गफ मात्रै त होईन भन्ने कुरा चर्चा हुन थालेको छ । उनले भनेकी थिईन्, 'हमेशामा त सबै गीत फाईनल भैसक्यो तर अब मेरो ब्यानरबाट निर्माण हुने अर्को फिल्ममा भने पाश्र्वगायनमा विग आईकनका फाईनलिस्टहरुले स्योर ।' बिगतका उनका प्रोजेक्टलाई हेर्ने हो भने यि पोखरेली आईकनहरूले रेखाको फिल्ममा गीत गाउन पाउने सम्भावना छ तर आश गरौं भर भने नपरौं । कि कसो ?