मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोमल वलीले खेलेको फिल्म पुस १३ गते लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/22

हट एण्ड स्पाईशी भूमिकामा गायिका कोमल वलीले खेलेको फिल्म 'दब्दबा' को रिलिज मिति टुंगो लागेको छ । प्रदीप उदयको डिष्ट्रीब्यूशन मार्फत यो फिल्म पौष १३ गते देखि देशभरिका हलमा लाग्ने  छ । घुमन्ते भट्टीवालीको भूमिकामा पहिलो पटक फिल्मी अभिनय गरेकी वलीले सोचे भन्दा उत्कृष्ट अभिनय गरेको निर्देशक एम.एस.अग्रजको भनाई  छ ।

 
फिल्ममा अन्य कलाकार पनि छन् तर गायिका वलीको पहिलो फिल्मी अभिनयले दर्शकलाई छुट्टै किसिमको टेष्ट दिने निर्देशकको दावी छ । विशाल पोखरेल, आरजु अधिकारी मेन काष्ट उक्त फिल्ममा गणेश उप्रेतीको पनि अभिनय रहेको छ । कलर मुभिको ब्यानरमा निर्मित उक्त फिल्म साईको क्राईम थ्रिलरमा आधिरित भनिएको छ जहाँ  कानुन विरुद्धका आवाजहरु पनि  उठाईएका छन् ।