मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशन्न र रेश पन्ध्र दिनको फरकमा नेपाल फर्किए

फिल्मीखबर, काठमाण्डौ, 2012/09/22

'ईलाभेन्थ इस्ट्रिट' निर्माणको लागि दुई महिना अघि संगै अमेरिका पुगेका निर्देशक प्रशन्न पौडेल र रेश मरहठ्ठा फरक- फरक मितिमा नेपाल फर्किएका छन् । सुटिङको दौरानमा मित्रतामा केही उतारचढाव आएपछि उनीहरु सुटिङ सकिना साथ अमेरिकामै अलग्गिएर बसेको खबर बाहिरिएको थियो । 

 
यस अघि केही म्यूजिक भिडियो र 'मेरो बेष्ट फ्रेन्ड' फिल्ममा संगै काम गरेका उनीहरुको के कारणले दुरी बढ्यो त्यो भने खुल्न आएको छैन । रेश पन्ध्र  दिन अघि नेपाल फर्किएका थिए भने प्रशन्नले हिजो मात्र आफू नेपाल फर्किएको जानकारी फेसबुक वालमा पोष्ट गरेका छन् । यो बिषयमा रेशसंग प्रश्न गर्दा उनले  आफूहरुको सम्बन्धमा त्यस्तै कुनै दुरी नबढेको तर्क गरेका छन् भने प्रशन्नसंग सम्पर्क हुन सकेको छैन । रेशको लगानीमा निर्माण भएको 'ईलाभेन्थ इस्ट्रिट' को सम्पूर्ण सुटिङ अमेरिकामा भए पनि पोष्ट प्रोडक्सनको सबै  काम नेपालमै हुने बताईएको छ । 
 
यो बिषयमा रेशले भनेका छन्, 'एउटा मेकरको हिसावले प्रशन्न एक दमै राम्रो निर्देशक त्यसैले उसंग मिलेर अर्को फिल्म पनि बनाउने सोच छ तर मनमुटावको कुरा सव हावा हो र म नेपाल छिटो फर्किनुको कारण चाहि मेरो मम्मी विरामी हुनु भएकाले । '