
विमल पौडेलको नेतृत्वमा गत बैशाख सत्र गते गठन भएको नयाँ कार्यासमितका सदस्य शोभित बस्नेतलाई सो पदबाट निस्कासित गरिएको छ । आज बसेको निर्देशक समाजको केन्द्रिय कार्यसमितको बैठकले शोभितलाई बहुमतले हटाउदै उनको स्थानमा किन लाग्छ मायाका निर्देशक गोपाल चन्द्र लामिछानेलाई नियुक्त पनि गरेको गरेको छ ।
कार्यबाहक महासचिवको समेत पद सम्हालिरहेका सचिव एम.एस अग्रजका अनुसार पटक -पटकको बैठकमा उपस्थित नहुदा शोभितलाई कार्यसमितिबाट निस्कासित गर्न समाज बाध्य भएको हो । यस्तै अग्रजले दिएको जानकारी अनुसार बैठक अनुपस्थितीको सम्बन्धमा स्पष्टीकारणका लागि शोभितलाई सम्पर्क समेत गरिएको थियो तर उनी सम्पर्क बाहिर रहेकाले उनलाई निस्कासन गर्नुको विकल्प नरहेको हो ।
असोज १७ देखि लमजुङको घले गाउँमा हुन लागेको महोत्सवको तयारीमा जुटिरहेको समाजले आफ्नो मुहार फेर्ने उदेश्य अनुरुप संघमा सक्रिय सदस्यहरुलाई मात्र राख्ने जनाएको छ । शोभित बस्नेत निस्कासित प्रक्रिया पहिलो उदाहरण मात्र भएको भन्दै समाजले कार्यसमितका अन्य सदस्यले पद मात्र ओगटेको खण्डमा उनीहरुलाई पनि समाजले निस्कासित गर्ने बताईएको छ । विभिन्न विवादमा परिरहने शोभित निर्विरोध हुदै समाजको केन्द्रिय कार्यसमिति सदस्यमा नियुक्त भएका थिए ।