मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.86/5.00)
Text size:-
+
-

यस्ती छिन् दिलिप रायमाझीको छोरी

फिल्मीखबर, काठमाण्डौ, 2012/09/21

अभिनेता दिलिप रायमाझीको छोरी दिब्याको तस्बिरलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । १५ बर्षे दिब्याले यसपालि एस.एल.सी. सम्मको पढाई पुरा गरेकी छिन् ।

 

हाल जेम्स कलेजमा ए लेवलको पढाईलाई अघि बढाई रहेकी उनी पाँच फिट पाँच ईन्चकी छिन् । गएको तीजमा दीलिप सहित उनको श्रीमती मञ्जुको साथमा दिब्याको तस्बिर सार्वजनिक भएको हो जहाँ उनी निकै सुन्दर देखिएकी छिन्  । 

 
दिलीप जस्तै दिब्या पनि डान्समा निकै पोख्त रहेको बताईएको छ । उनी बास्केटबल पनि निकै राम्ररी खेल्न सक्छिन् । हिरोईन लुक्सकी धनी दिब्याको पढाई पुरा नहुन्जेल अभिनय क्षेत्रमा नल्याउने सोच राखेको रायमाझी परिवारले पढाई सकिए पश्चात सम्भवत होम प्रोडक्सनबाट नै उनलाई रजतपटमा डेब्यु गराउने सोच बनाएको छ । तर हिरोईन बन्नका लागि  परिवारबाट कुनै दवाब नहुने दिलिपको श्रीमती मञ्जुको भनाई छ ।