
भदौ २३ देखि सुटिङ सुरु गरिएको गल्ली फिल्मको आजको मितीसम्म ५० प्रतिशत सुटिङ सकिएको छ । पूर्णरुपमा एक्सन श्रेणीको उक्त फिल्मका केही तस्बिर सार्वजनिक पनि गरिएको छ ।
फिल्म निर्माण युनिटले उक्त फिल्मका प्रमुख दुई कलाकार गजित बिष्ट र स्वेता भट्टराईको तस्बिर मात्र रिलिज गरेको हो । एनआर घिमिरेको निर्देशनमा निर्माण भईरहेको सो फिल्मको सुटिङ हाल बीरगंजमा भईरहेको छ । आउदो दश दिन सम्म बीरगंजमै सुटिङ हुने उक्त फिल्ममा एसपी रमेश खरेलको जस्तो चारित्रिक भूमिका गजितले निर्वाह गर्दैछन् तर उनी फिल्ममा ईन्सपेक्टर भएर देखा पर्ने निर्माण युनिटले जानकारी दिएको छ ।
गजित ईन्सपेक्टरको भूमिकामा खेलेको भनिए पनि उनी प्रहरीको बर्दीमा छैनन् । डेब्यू फिल्म मायाज बारमा क्लिन सेभमा देखिएका उनी यो फिल्ममा जुँगाको साथमा नयाँ लुक्समा देखिएका छन् । दश दिन पश्चात २ दिनका लागि पोखरा पुगी फिल्म प्याकअ गरिने बताईएको छ ।