मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो सातामा `बडीगार्ड`

फिल्मीखबर, काठमाण्डौ, 2012/09/20

 

भाद्र २९ गतेबाट देशभर एकसाथ क्यू सिस्टमबाट प्रदर्शनमा आएको फिल्म 'बडीगार्ड' ले दोस्रो साताको यात्रा तय गरेको छ । फिल्मका निर्माता सुशिल पोखरेलले अष्टनारायण, गोपी, गंगा, गुण, कलंकी र बिश्वज्योतीमा होल्डओभर कायम गर्दै दोस्रो सातामा प्रदर्शन हुने फिल्मीखबरलाई जानकारी गराए ।
 
 
'यो समयमा दोस्रो सातामा फिल्म चल्नु खुसीको कुरा हो', निर्माता पोखरेलले हर्षित मुद्रामा भने, 'ओपनिङ कलेक्सन सोचे जस्तो नआएपनि अहिले भने कलेक्सन चित्त बुझ्दो छ ।' देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको एक्सन फिल्म 'बडीगार्ड' लाई राजेन्द्र उप्रेतीले निर्देशन गरेका हुन् । फिल्ममा आकाश शाह, सौजन्य सुब्बा, दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरी लगायतको अभिनय रहेको छ ।
 
 
शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा हिमाल केसीको द्धन्द, बब्बु थापाको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । फिल्मको सुटिङ हेटौंडा, चितवन र काठमाण्डौमा गरिएको हो ।