मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.50/5.00)
Text size:-
+
-

भिसा गर्लको नयाँ गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/09/20

 

असोज १२ गतेबाट १९ गतेका लागि रिलिज मिती सारिएको फिल्म 'भिसा गर्ल' को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायिका ऋचा शर्माले आफ्नो गायनमा कसैलाई आवाज मिलाउन आग्रह गरेकी छिन् ।
 
 
निकै सुन्दर ढंगले नायिका ऋचालाई प्रस्तुत गरिएको सो गीतमा विनय श्रेष्ठ, कर्म र रेमनदाश श्रेष्ठलाई पनि देख्न सकिनेछ । कालिप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको सो गीतमा श्रुती सिंह, सनुप पौडेल, प्रशान्त सुवेदी र सरोज परियारको स्वर सुन्न सकिनेछ । गीतको करियोग्राफी रेनशा राईले गरेकी हुन् भने छायाँकन शिबराम श्रेष्ठ र संजय लामाको रहेको छ ।
 
 
प्रतिक्षित फिल्मको रूपमा हेरिएको भिसा गर्ललाई युवानिर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने कथा पनि उनैले लेखेका हुन् । सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा बनेको सो फिल्ममा ऋचा र विनयको सह-निर्माण रहेको छ । लाईट कमेडी फिल्म भिसा गर्ल विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको हो ।