
भोली शुक्रबार देशभर 'ॐ' प्रदर्शनमा आउने छ भने मोफसलमा रिलिज भईसकेको फिल्म बर्सात राजधनीका हलमा लाग्ने छ ।
तीजको मौका छोपेर मंगलबार पोखरा र दमकमा रिलिज गरिएको ॐ 'ॐ' लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । करण क्रेजीले निर्माण गरेको सो ग्याङस्टार फिल्ममा सुमन सिंह, झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले अभिनय गरेका छन् । हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्ममा दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र दुर्गा पौडेलको छायाँकन रहेको छ ।
यस्तै राजधानी बाहिर सफलता पाउन नसकेको रेखा थापा, सबिन श्रेष्ठ र निर्मल सेन्चुरी अभिनित फिल्म बर्सातलाई सानु शाक्यले निर्देशन गरेका हुन् । मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितको संयुक्त लगानी रहेको फिल्म बर्सातमा शिवम अधिकारीको पटकथा तथा संवाद, रोशन श्रेष्को द्धन्द्ध र अर्जुन पोखरेलको संगीत रहेको छ ।