मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उनी भित्र मनीषा र करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/20

डेढ दशकको रंगपत्रकारिता यात्राको पछिल्लो दौरानमा  लिईएका अर्न्तवार्तालाई किताब बनाएर जर्नलिष्ट अश्विनी कोईरालाले 'उनी' बजारमा ल्याएका छन् ।
 
'उनी' शिर्षकको उनको अर्न्तवार्ताले भरिएको  किताबमा ३९ महिलाहरुको रोचक अर्न्तवार्ता समावेश छ जुन लिष्टमा फिल्म क्षेत्रका दुई अभिनेत्री करिश्मा मानन्धर र मनीषा कोईरालाको अर्न्तवार्तालाई पनि समावेश गरिएको छ । कान्तिपुर साप्ताहिकमा प्रकाशित आफ्ना अर्न्तवार्ताहरुलाई पुस्तकमा ढालेका अश्विनीले आफ्नै अर्न्तवार्ताका चार पात्र करुणा कुवँर, मेनुका थापा, पार्वती शर्मा र मुस्लिम समुदायकी फेसन डिजाईनर समा बानुबाट विमोचन गराएका थिए ।

कार्यक्रममा जर्नलिष्ट गुणराज लुईटेल एवं टेलिभिजन पर्सनालिटी विजय कुमारले रोचक शैलीले लिईने अश्विनीको अर्न्तवार्तालाई समिक्षा गरेका थिए । पाँच पोखरी प्रकाशनले बजारमा ल्याएको आफ्ना अर्न्तवार्ता किताबलाई दस्तावेजको रुपमा राख्ने सोचाई अनुरुप किताब निकालेको जर्नलिष्ट कोईरालाले कार्यक्रममा बताए ।