
माघ २६ को देशब्यापी रिलिज टार्गेट राख्दै मेरो भ्यालेन्टाईनको फष्टलुक पोष्टर रिलिज गरिएको छ । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह तथा सुस्मिता ढकाल लिड काष्ट उक्त फिल्मको आज प्रेस मिट गर्दै फष्टलुक रिलिज गरिएको हो ।
एक दशक यता संचालनमा रहेको पोष्ट-प्रोडक्सन कम्पनी सफ्ट ईमेज कम्पनीद्धारा पहिलो पटक निर्मित उक्त फिल्म सुरज सुब्बाको निर्देशनमा तयार भएको हो । 'मैले हिजोका फिल्म भन्दा आज यो फिल्ममा उत्कृष्टता दिने प्रयास गरेको छु त्यसैले सवैको सहयोगको अपेक्षा छ', निर्देशक सुब्बाले कार्यक्रममा बताए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईद्धारा लन्च गरिएको फष्टलुक पोष्टरमा चार जनालाई हाईलाईट गरिएको छ । सुटिङ समयमा उक्त फिल्मको क्ल्यापमा मेरो भन्ने टाईटलाई नेपालीमा लेखिएको थियो तर आज रिलिज गरिएको फष्टलुकमा भने मेरो भन्ने शब्दलाई अग्रेजी अक्षरबाट बनाईएको छ ।

'पहिलो पटक फिल्म निर्माणमा हात हालेको छु र राम्रो बनाउने प्रयास गरेको छु तसर्थ पनि फिल्म मेकिङमा मेरो निरन्तरता जारी रहने छ', सफ्ट ईमेजका सञ्चालक एवं निर्माता सुशिल श्रेष्ठले बताए । कार्यक्रममा निशा अधिकारीले यो फिल्म हेर्दा कहि कतै बोरिङ फिल नहुने दावी गरेकी छिन् । उनले निर्देशक सुब्बालाई ईङ्गित गर्दै भनिन्, 'सुरज सरले फिल्मको डाईलग देखि लिएर मेकिङमा पनि उत्कृष्टता दिनु भएकाले जुन सुकै उमेरका दर्शकले फिल्म हेर्दा बोरिङ फिल नहुने म ग्यारेन्टी गर्छु । '
उता अष्ट्रेलियन एनआरएन समेत रहेका फेसबुक डेब्यु हिरो स्वतन्त्र प्रताप शाहले उत्कृष्ट फिल्म बनाउन सबैले कोसिस गरेको बताए भने बाबुले यो फिल्मबाट निकै अपेक्षा गरेको बताए । नयाँ हिरोईन सुस्मिताले भने पहिलो पटक मिडिया फेस गर्दा २ मिनेट सम्म पोडियम पाउदा पनि बोल्न सकिनन् जुन बिषयले कार्यक्रम केही गसिपमय बनेको थियो । हिरो नै अष्ट्रेलियन एनआरएन रहेकाले नेपाल रिलिज अघि जनवरीमा सो फिल्मको अष्ट्रेलिया प्रिमियर हुने कार्यक्रममा जानकारी दिइयो । सो कार्यक्रममा प्रोमोशनल गित पनि देखाईएको थियो । चिफ गेष्ट राजकुमार राईले चाहि राम्रो फिल्म निर्माण गर्न खोज्ने हरेक मेकरहरुलाई आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

