
फिल्म भिसा गर्लको प्रदर्शन एक साता पर सरेको छ । असोज १२ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको उक्त फिल्म प्राबिधिक कारणले गर्दा पर सरेको निर्माता तथा नायक विनय श्रेष्ठले बताएका छन् । अब यो फिल्म असोज १९ गते बाट प्रदर्शनमा आउने छ।
सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको सो फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । कलाकार ऋचा र विनयको सह-निर्माण रहेको लाईट कमेडी फिल्म भिसा गर्ल विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको हो । निर्देशक श्रेष्ठको लेखन रहेको सो फिल्म हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको बताईएको छ ।