मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लो बजेटका फिल्म बन्ने क्रम जारी

अनुप भट्टराई, काठमाण्डौ, 2012/09/19

हुन त यहाँ नम्बर वान भन्न रुचाउने फिल्ममेकरले पनि बजार खोज्न छाडेर बजेट घटाउदै फिल्म बनाईरहेका छन् जसकारण उद्योग यहि कारणले कतै धाराशायी त हुने हैन भन्ने पनि एक किसिमको आशंका पनि  छ ।


यहि भिडमा नयाँ अनुहारले लो बजेटमा फिल्म बनाउनु पनि स्वभाविक हो । फिल्म बर्गिकरण निती पास नभएकाले हाई बजेटका फिल्म लाग्ने हलमा लो बजेटका फिल्म रिलिज हुँदा स्तरियताको यहाँ खुलेआम धज्जी पनि उडिरहेको छ । अहिले फलोरमा अघोषित रुपमा आधा दर्जन बढी फिल्म सामान्य तबरले खिचिएको छ । प्रोजेक्सन सिस्टममा पूर्ण रुपमा आधुनिकता नआएकाले हाई बजेटका फिल्महरु  पनि कहिलेकाही मात खाईरहेका छन् । तर, क्वालिटी भनेको क्वालिटी हो किनकी यो शो बिजनेस हो यहाँ राम्रो देखाउन जरुरी छ । लो बजेटमा फिल्म उत्कृष्ट नबन्ने भनिएको हैन तर युनिट र त्यसका सदस्यको कार्यशैली हेर्दा फिल्म सस्तो गरी बनाईको स्वत पुष्टी हुन्छ ।


अहिले फ्लोरमा वान साईड लभ भन्ने फिल्मको सुटिङ भईरहेको छ जुन फिल्मको बजेट निकै कम रहेको निर्देशकको भनाईबाट आफै पुष्टी हुन्छ । ईएक्स थ्री क्यामेराको साहारामा धमाधम सुटिङ भईरहेको उक्त फिल्ममा विनिता घिमिरे र सविना कार्की प्रमुख महिला पात्रको भूमिकामा छन् भने कपिल खत्री, राज सुनाम र काजी श्रेष्ठ पूरुष प्रमुख पात्रको भूमिकामा छन् । पैसा हालेर हिरो बन्नेहरुको रोग जस्तै यो फिल्मका निर्माता कपिललाई पनि पूर्ण रुपमा लागेको छ ।


केही म्यूजिक भिडियो निर्देशन गरिसकेका २३ बर्षे देबेन्द्र पाण्डेले निर्देशन गरिरहेको सो फिल्मको सम्पूर्ण बजेट ३५ लाख भनिएको छ । तर बजेटको बिषयमा यहाँ तीतो सत्य चाहि के छ भने मुखको बोली भन्दा झन्डै २० लाख बढाएर निर्माताहरुले आफ्नो फिल्मको बजेट भन्ने गरेका उदाहरण ९७ प्रतिशत माथि छ जसकारण को कति पानीमा भन्ने कुरा रिलिजमा स्वत देखिन्छ । हरि लम्सालको संगीतमा दुई वटा गीत यो फिल्ममा अटाईने बताईएको छ जसलाई शिव परियार र प्रमोद खरेलले गाएको जानकारी दिईएको छ ।