मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेफ ल्याण्डिङ प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2012/09/19

मलेसियन प्रोजेक्ट सेफ ल्याण्डिङको सुटिङ सकिएको छ । गत भदौ १४ देखि सुटिङ सुरु गरिएको उक्त फिल्मको एक आईटम गीत खिच्न बाँकी राख्दै सम्पूर्ण सुटिङ  मंगलबार राती सकिएको हो । कोही मेरो पश्चात झरना बज्राचार्यले खेलेको यो फिल्ममा निरज बराल नेगेटिभ रोलमा छन् । दुई दिन ब्रेक गर्दै उक्त फिल्मको ९० प्रतिशत बढी सुटिङ रातमा गरिएकाले मेकिङमा उत्कृष्टता दिएको प्रोडक्सन कन्ट्रोलर बुद्धीलाल मगरको दाबी छ ।


अघिल्लो साँझ देखि भोलीपल्ट दिउँसोको कथा समेटिएको उक्त फिल्मका निर्देशक मलेसियन नागरिक सन्दिप जोसेप हुन् । उनले दुई हप्ता पश्चात बलिउड अभिनेता ईरफान खानले खेल्ने हिन्दी फिल्मलाई पनि निर्देशन गर्देछन् । नो वरिज फिल्म प्रालिको ब्यानरमा निर्मित सो फिल्मको आईटम गीत सम्भवत बलिउडकी एक अभिनेत्रीले गर्ने बताईएको छ जसको म्यूजिक राजन ईसानले तयार गरिरहेका छन् ।

 

 

'म्यूजिकको  काम नसकिएकाले एउटा गीत खिच्ने बाहेक अन्य काम आजदेखि सकिएको छ त्यसैले पोष्टको कामको लागि फिल्म मलेसिया लग्ने तयारीमा छौ', अष्ट्रेलियन एनआरएन समेत रहेको उक्त फिल्मका प्रोड्यूसर बसन्त भण्डारीले बताए । बसन्तले भारतीय मुलका मलेसियन नागरिक राहुल अग्रवालसंग मिलेर यो फिल्म निर्माण गरेका हुन् । उनले फिल्म मार्फत एनआरएन लागनी नेपाल भित्राउने सोच अनुरुप फिल्म मेकिङमा हात हालेको पनि बताएका छन् ।

 


सुमिना घिमिरे, दीपशिखा शाही, बिएस राणा, बिजय देउजा तथा सुशिल पाण्डे समेत प्रमुख भूमिकामा रहेको सो फिल्मको प्रिमियर बलिउड स्टाईलमा अष्ट्रेलियामा गरिने जानकारी दिईएको छ । 'म केही समय खाली रहँदा कताबाट हावा फैलियो मैले सन्यास लिए भनेर तर त्यसो हैन । मैले राम्रो प्रोजेक्टबाट अफर नपाएकाले फिल्म नगरेको हुँ', अभिनेत्री झरनाले सन्यासको बिषयमा प्रष्टाउदै बताईन् । उनले प्रशन्न पौडेलको फिल्म मेरो बेष्ट फ्रेण्ड खेल्ने तिब्र ईच्छा हुँदा पनि नेपाल आउन नपाएपछि उक्त प्रोजेक्ट गुमेको भने स्वीकारेकी छिन् । 'मेरो बेष्ट फ्रेण्डको बिषयमा चाहि म अन प्रोफेश्नल नै भएको हुँ त्यसैले मैले त्यो टिमसंग सरी पनि भनिसकेको छु', गर्जियस लेडीले प्रष्टाईन् । 


रिलिज मिति सम्म झण्डै डेढ करोड लाग्ने उक्त फिल्म ड्रग्स माफियाको कथामा आधारित फिल्म हो जहाँ एक्सन पार्ट हिमाल केसीले हेरेका छन् । फिल्म आउदो ६ महिना भित्र रिलिज गर्ने लक्ष्य उक्त युनिटको छ ।