मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोईनहरुको श्रीमान् कस्ता छन् ?

अनुप भट्टराई, काठमाण्डौ, 2012/09/18

आज हरितालिका तीज । हरेक हिन्दु नारीले जस्तै आजको दिनमा हाम्रा हिरोईनहरुले पनि आफ्ना पतिको दीर्घायुको कामना गरेका छन् । कोही निराहार ब्रत बसेर आजको तीज सफल बनाईरहेका छन् त कोही ब्यस्तताको बाबजुत चोखो नितो भई यो पर्वलाई मनाईरहेका छन् । हाल जति पनि चर्चित अभिनेत्रीहरु छन् उनीहरु बैबाहिक बन्धनमा बाधिसकेका छन् तसर्थ विवाहित हिरोईनहरुको श्रीमान् कस्ता छन् भनेर फिल्मीखबरले उनीहरुको तस्बिर संयुक्त रुपमा सार्वजनिक गरेको छ ।



करिश्मा र विनोद मानन्धर : यो जोडी नेपाली रजतपटको निकै पुरानो र चर्चित जोडी मध्येको एक हो । आज तीज परेकाले करिश्माले पति विनोदको दीर्घायुको कामना अमेरिकामा गरेकी छिन् । उनी केही दिन अघि मात्र छोरी कविताको कलेजको डकुमेन्ट मिलाउन अमेरिका पुगेकाले उनको तीज अमेरिकामा सम्पन्न हुदैछ । कस्तुरी भन्ने फिल्म निर्माण समय  करिश्मा र विनोद नजिकिएका थिए ।

 


झरना र  सुनिल कुमार थापा : झरना थापाको पनि प्रोड्यूसर सुनिल कुमार थापासंग अफएयर पश्चात विवाह भएको हो । उनीहरुको मायाको चिनो सुहाना थापा हाल १५ बर्षकी पनि भईसकेकी छिन् । जसले गएको एसएलसी देखि स्कुलको पढाईसकेकी पनि छिन् । होम प्रोडक्सनबाट केही हिट फिल्म पनि दिईसकेको यो जोडीले निर्माण गरेको फेसबुक फिल्म भने विगतका फिल्म जसरी हिट हुन सकेन ।

 

 

रेखा थापा र छवि ओझा : औपचारिक रुपमा डिभोर्स नभएकाले रेखा थापाको श्रीमान् छवि ओझा हुन् । १२ बर्ष अघि हिरो भन्ने फिल्मबाट रेखालाई हिरोईन बनाएका छवि र रेखा संगै नबसेको लामो समय भईसकेको छ । यध्यपी संगै नबसे पनि यी दुई मिलेर अहिले हमेशा भन्ने फिल्म बनाउदैछन् जसको मुहुर्त हिजो सोमबार गरिएको थियो ।

 


ऋचा र शंकर घिमिरे : काली सुन्दरीले परिचित ऋचा घिमिरेको दुई बर्ष अघि निर्देशक शंकर घिमिरेसंग विवाह भएको हो । शंकरले निर्देशन गरेको विरताको चिनोको सुटिङको दौरानमा उनीहरुको अफएर सुरु भएको थियो । विवाह पश्चात दुई वटा फिल्म निर्माण गरेका यो जोडीको छोरो जन्मिएको केही महिना भएको छ । सुत्केरी रहेकाले हाल ऋचा फिल्मी गतिविधिमा सक्रिय हुन सकेकी छैनन् । तुलसी भन्ने फिल्मको डायस्पोरा शोका लागि उनका पति दुई महिना यता यूरोप गएकाले उनले यो बर्षको तिज एक्लै मनाएकी छिन् ।

 


अरुणिमा लम्साल र अमित अर्याल : विराटगरका स्थानिय बासिन्दा अरुणिमाको श्रीमानको घर पनि विराटनगर नै हो । उनीहरुको पनि अफएर पश्चात विवाह भएको हो । उनीहरुको एक बर्ष अघि एउटी छोरी पनि जन्मिएकी छिन् । अरुणिमा १० महिने काखे छोरीलाई नेपालमै छाडेर श्रीमानका साथ एक महिनाका लागि अमेरिका घुम्न निस्किएकी छिन् । उनका पति बैंकका जागिरे हुन् ।

 


 मेलिना मानन्धर  र मुकेश ढकाल : फिल्मको सुटिङको क्रममा भेट भएपछि आफू भन्दा केही बर्षले कान्छो हिरो मुकेश ढकालसंगको अफएयर पश्चात हिरोईन मेलिना मानन्धरले २०५६ साल असोज १४ गते  लगनगाँठो कसेकी हुन् । पछिल्लो केही बर्ष यता फिल्ममा नदेखिएकी मेलिना हाल हाउस वाईफमा सिमित छिन् । यध्यपी उनले केही विज्ञापनमा भने अभिनय गरिरहेकी छिन् । मेलिनाको दुई बर्ष पुग्न लागेकी छोरी पनि छिन् ।

 


संचिता लुईटेल र निखिल उप्रेती : पहिलो अफएर पश्चातको विवाहले गति नलिएपछि संचिता लुईटेलले विवाहित हिरो निखिल उप्रेतीसंग दुई बर्षअघि विहे गरेकी हुन् । माया त माया हो भन्ने फिल्मको सुटिङ दौरानमा लभ परेपछि निखिलले शिखरमा पुगेको करिअर घरकी श्रीमती र एक छोरालाई बिर्सिएर संचितलाई अंगालेका थिए । एक बर्षको परियडमा एक छोरा र छोरी समेत जन्माई सकेकी संचिताको फिल्मी करिअर तत्तकाल ध्वस्त सरह छ । उनी काठमाण्डू पुरानो बानेश्वर स्थित माईतीमा बस्दै आएकी छिन् ।

 


युना उप्रेती र विकास अधिकारी : गत बैशाखमा अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली विकास अधिकारीसंग युनाले समान्य तवरले बिहे गरेकी थिईन् । उनीहरु पुनः नेपाल आएर धुमधामाका साथ विवाह गर्ने तयारीमा पनि छन् । दर्जनौ फिल्म खेल्दा पनि पर्याप्त सफलता नमिलेपछि युनाले डक्टर बन्ने तयारी गरिरहेका बिकाससंग लगनगाठो केसेकी हुन् । हाल युना अमेरिकामै छिन् ।

 

 

प्रियंका कार्की र रोचक मैनाली : अमेरिकमा अध्ययन गर्ने क्रममा प्रियंका कार्कीको रोचक मैनालीसंग भेट भएको थियो जुन भेटको श्रृङखला साढे दुई बर्षअघि बिवाहमा परिणत भएको हो । प्रियंकाको रोचक संग अमेरिकामा भेट भएपनि उनको माईती र घर ५ सय मिटरको दुरीमा काठमाण्डौ स्थित ज्ञानेश्वरमा पर्दछ । एक बर्ष अघि नेपाल आएकी प्रियंकाले पहिलो फिल्मको रुपमा मेरो बेष्ट फ्रेण्ड खेलिन त्यस पश्चात थ्री लभर्स खेलिन् भने अहिले उनी कलिउड भन्ने फिल्ममा ब्यस्त छिन् । एउटा पनि फिल्म रिलिज नभई उनी सर्वाधिक ब्यस्त हिरोईनको सूचिमा परेकी छिन् । उनका श्रीमान अमेरिकामा एक सफ्टवेयर कम्पनीमा कार्यरत छन् ।