
शुक्रबार रिलिज हुनुपर्ने फिल्म 'ॐ' लाई तीजको मौका छोपेर आज बुधबार नै पोखरा र दमकमा रिलिज गरियो । फिल्मका निर्माता करण क्रेजीले दिएको जानकारी अनुसार बिना पब्लिसिटी आज फिल्म रिलिज गर्दा पनि दर्शकको हलमा भिड देखियो ।
दमकको दमक चित्र मन्दिरमा 'ॐ' हेर्न दर्शक खचाखच भरिएको फिल्मीखबर प्रतिनिधी युवराज निरौलाले जानकारी गराए । उनले भने, 'लगातार बर्षाको कारण पनि दर्शकले 'ॐ' हेर्न चासो देखाएको पाईयो । यस्तै पोखराको बाराही हलमा पनि 'ॐ' हेर्न दर्शकको भिड लागेको पोखरा प्रतिनिधी रेम बिकले जानकारी दिए । देशका अन्य हलमा भने यहि शुक्रबारबाट फिल्म लाग्नेछ ।
हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । करण क्रेजीले निर्माण गरेको सो ग्याङस्टार फिल्ममा सुमन सिंह, झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले अभिनय गरेका छन् ।
फिल्ममा दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र दुर्गा पौडेलको छायाँकन रहेको छ । केआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सो फिल्ममा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् ।