मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

युनासंग अरुणिमाको भेट

फिल्मीखबर, काठमाण्डौ, 2012/09/18

एक महिने भ्रमणका लागि अमेरिका पुगेकी अभिनेत्री अरुणिमा लम्सलको सहकर्मी युना उप्रेतीसंग भेट भएको छ । टेक्सास बस्ने युनाले न्यूर्योकमा रहेकी अरुणिमालाई भेट्न आएपछि उनीहरु क्वीन्स मलमा सपिङ गर्न समेत गएका थिए । युनाले अरुणिमाका लागि ब्याग गिफ्ट समेत दिईन् ।

 

अमेरिकामै बसोबास गर्ने नेपालीसंग केही महिना अघि सामान्य विवाह गरेकी युना मंसिर सम्ममा नेपाल फर्किने र  धुमधामका साथ विहे गरेर पुनः अमेरिकामा जाने तयारीमा समेत रहेको बुझिएको छ । यस्तै युनाको नयाँ खबर चाहि उनले ग्रिन कार्ड प्राप्तीको सम्पूर्ण तयारी पुरा पनि गरेकी छिन् ।

 

 

श्रीमान् अमित अर्यालका साथ अमेरिका घुम्न निस्किएकी अरुणिमासंगै युनाको भेट रञ्जना शर्मासंग पनि भएको थियो । जतिबेला उनीहरुले निकै रमाईलो गरेका थिए । छोरी पाएपछि हनिमुन स्टाईलको भ्रमणमा निस्किएकी अरुणिमा क्लोराडो, ओक्लुहा, लस भेगसका विभिन्न विभिन्न रमणीय स्थल भ्रमण गरी नेपाल फर्किने छिन् ।