
जसरी माहुरीको हुलमा रानी नहुँदा अन्य माहुरीको अवस्था नाजुक हुन्छ त्यस्तै भएको छ अहिले फिल्म उद्योग पनि । नेतृत्वदायी संस्था चलचित्र बिकास बोर्ड नेतृत्व विहिन हुँदा आजको चलचित्र दिवस कसैले मनाउन पाएनन् । जसकारण लाखौ खर्च गरिएर बनाईएका दुई हस्ती फिल्मकर्मी हिरा सिंह खत्री र गोपाल भुटानीको सालिक आनावारण कार्यक्रम पनि आज पुरा हुन सकेन ।
गत बर्ष आजकै दिनमा 'सम्पूर्ण फिल्मकर्मी एक हौ' भन्ने घन्काईएको नारा न त कतै सुनिए न त सामाजिक संजालमा उक्त कुरा कसैले पोष्ट गरेको देखियो । बोर्ड निवर्तमान अध्यक्ष गणेश भण्डारीको योजनामा गत बर्षदेखि मनाउन सुरु गरिएको यो दिवसले दोस्रो बर्षमा निरन्तरता नपाउँदा अधिकांश फिल्मकर्मीले खल्लो महसुस गरेका छन् ।
यो पटक खल्लो महसुस गरे पनि अर्को पटक त्यस्तो हुन नदिने निर्देशक समाजका सचिव एम.एस. अग्रज बताउछन् । एम.एस. भन्छन्, 'असोज १९ देखि राष्ट्रिय स्तरको तेस्रो फिल्म वर्कसपको तयारीले समाजको तर्फबाट पनि कुनै कार्यक्रम हुन सकेन यध्यपी यो पटक बोर्डको नेतृत्वमा दिवस नमनाईए पनि अर्को पटक भने यस्तो हुने छैन ।'