
प्लान फ्लप भएपछि निर्माता कविता श्रेष्ठ निकै तनावमा थिईन् जुन तनावको श्रृङखला कतै अर्को फिल्ममा पनि देखिने त हैन भन्ने डरले उनले बरदानको रिलिज डेट झण्डै एक बर्ष पर धकेल्दै च्यारिटी शोलाई जोड दिएकी छिन् ।
यस अघिका हरेक च्यारिटी शोबाट एक लाख बढी रकम आफ्नो पोल्टोमा पारीसकेकी कविताले सिन्धुलीमा आयोजना भएको च्यारिटीबाट पनि एक लाख ७५ हात पारेकी छिन् । स्थानिय युवा संजाल क्लवको आयोजना भएको च्यारिटी शोबाट उठेको २ लाख ७५ हजार मध्ये एक लाख उनले सो क्लबलाई दिएकी छिन् भने बाँकी आफ्नो पोल्टोमा । फाल्गुन २५ को रिलिज डेट तय गरेकी उनले यहि असोज १४ गते काठमाण्डौ विश्वज्योति हलमा पनि अर्को च्यारिटो शो राख्दैछिन् भने सर्लाहीको लालबन्दीमा असोज १५ का लागि पनि च्यारिटी फिक्स भईसकेको जानकारी दिएकी छिन् ।
पब्लिसिटी खर्च सहित ५० लाखको बजेट भनिएको सो फिल्मको धरान, नारायणघाट लगायतका केही शहरहरुमा पनि छिट्टै च्यारिटी गरिने छ । निर्देशक शोभित बस्नेतसंगको तिक्तताका कारण फिल्ममा निर्देशकको नाम नराखेकी उनले तेस्रो फिल्मको रुपमा ढुवानी भन्ने फिल्मको सुटिङ दुई साता अघि सकेकी पनि छिन् । 'मंसिर सम्म हामी धेरै ठाँउमा च्यारिटी शो गर्ने छौ अनि विदेशको शोका लागि ब्यस्त हुनेछौ अनि मात्र नेपाल रिलिज', कविताले भनिन् ।
च्यारिटी र डायस्पोरा शोबाट उनी फिल्मको सम्पूर्ण लगानी उठाउने दाऊमा छिन् भने नेपाल रिलिजबाट नाफा । कवितालाई च्यारिटी शोमा सघाउ पुर्याउन हिरो मुकेश ढकालले आफ्नो हिरोईन समेत रहेकी श्रीमती मेलिना मानन्धरलाई पनि संगै लगेका थिए जसको कारणले पनि दर्शक संख्या उल्लेखनीय रहेको कविताले बताएकी छिन् । फिल्ममा नायिका रेजिना उप्रेतीको पनि लगानी रहेको छ ।