
आधुनिकतालाई अङ्गाल्नु पर्छ तर हाम्रो सभ्यता र साँस्कृतिक मान्यतालाई पनि बिर्सनु हुँदैन भने मूल मर्म बोकेको नेपाल भाषाको फिल्म 'पानबती' को प्रथम प्रदर्शन सोमबार विहान अष्टनारायण हलमा सम्पन्न भएको छ । सुखावती फिल्म प्रोडक्शन र इको मिडियाको प्रस्तुति 'पानबती' को प्रिमियरको पूर्व संध्या पारेर नेवाः जागरण संकिपा समितिले 'पानबती' फिल्म प्रचार प्रसार हेतु विशेष कार्यक्रम आयोजना गरेको थियो ।
नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्यको विशेष आतिथ्यमा सम्पन्न 'पानबती' समारोहको सभात्तित्व समितिका प्रमुख विजयरत्न तुलाधरले ग्रहण गरेका थिए भने समारोहमा विशेष अतिथी र सभापति लगायत यस फिल्मका लेखक तथा निर्देशक सुरेन्द्र तुलाधर र कलाकर्मीहरुले फिल्मको बारेमा आ-आफ्ना अनुभुति राखेका थिए ।
पानबतीमा सनम शाक्य, विनोद श्रेष्ठ, भोगेन्द्र मानन्धर, हृदयप्रसाद मिश्र, नारायणदेवी प्रधान, मञ्जु श्रेष्ठ (बिजुली), पल्पसा डंगोल (चम्सुरी) लगायत भिन्तुना जोशी, आशिष्मा नकर्मी र राजु महर्जनको अभिनय रहेको छ भने यस फिल्मका निर्माताहरुमा रोशन बज्राचार्य, अष्टमाया श्रेष्ठ, रामराजा भाम, सोनिका प्रजापति, प्रेम महर्जन, ईश्वरमान सिं डंगोल र अच्युत श्रेष्ठ रहेका छन् ।