मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`ह्याप्पी बर्थ डे` भुवन केसी र दिलिप रायमाझी

फिल्मीखबर, काठमाण्डौ, 2012/09/17

दुई सुपरस्टार भुवन केसी र दिलिप रायमाझीको आज बर्थ डे परेको छ । सम्पर्क बाहिर रहेकाले भुवनले आज आफ्नो बथर्ड कसरी मनाईरहेका छन् त्यो थाहा हुन सकेको छैन तर दिलिपले भने दिदीबहिनीको माझ तीजको दर खादै आफ्नो बर्थ डे मनाउदैछन् ।


'३० काटेको धेरै भयो उमेरको कुरा नगरौँ होला', उमेर लुकाउँदै दिलिपले भने दीलिपका अनुसार यसपालिको बर्थ डे निकै सम्झन लायक हुनेछ ।' हाल सम्म कुनै पनि बर्थ डेमा केक काटेको अनुभव नलिएका उनले यसपालिको पनि केक अर्डर गरेका छैनन् तर दिदिबहिनीले सप्राईज दिएको खण्डमा भने केक काट्न सक्ने उनले बताए । ललितपुर सानेपमा बस्ने दिलिपले आज आफ्ना शुभचिन्तकका लागि नयाँ खबर पनि छाडेका छन् । उनको भनाई अनुसार दशै सकिए लगत्तै उनी नयाँ फिल्म निर्माणमा ब्यस्त हुनेछन् जसको तयारी तिब्र गतिमा अघि बढिरहेको छ ।


दुई रंगपत्रकारको पनि आज बर्थ डे 

 

दुई रंगपत्रकार सुब्रत आचार्य र सन्दिप सापकोटाको पनि आज बर्थ डे परेको छ । लामो समय देखि रंगपत्रकारिता गर्दै आएका उनीहरु कलाकार पनि हुन् । कान्तिपुर साप्ताहिकमा लामो समयदेखि कार्यरत सुब्रत 'कलिउड' भन्ने फिल्ममा अभिनयरत छन् । उनले 'नसिब आफ्नो' सहित थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् भने एक दर्जन भन्दा बढि म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् । उनी छिट्टै नै फिल्म निर्देशक पनि बन्दैछन् ।

 

प्रमुख खलपात्रको भूमिकामा सन्दिपले अभिनय गरेको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' रिलिजको तयारीमा छ । सन्दिपले नेपाल टेलिभिजन प्लसमा चित्रलहर कार्यक्रम चलाउँदै आएका छन् । उनले माया त माया हो भन्ने फिल्मबाट अभिनय यात्रा शुरू गरेका हुन् ।