मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नेपाली काँग्रेसले पनि फिल्मकर्मीलाई आकर्षित गर्न खोज्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/09/17

विभिन्न बहानामा एकीकृत माओवादीले आफ्नो पार्टी तर्फ फिल्मकर्मीलाई आकर्षित गर्न खोजिरहेको अवस्थामा नेपाली काँग्रेसले पनि फिल्मकर्मीलाई आकर्षित गर्न खोजेको देखिएको छ । ९९ औँ विपि जयन्तीको अबसरमा आईतबार काँग्रेस भातृसंगठन नेपाल साँस्कृतिक संघले विभिन्न क्षेत्रसंग सम्बन्धित ५० ब्यक्तिहरुलाई सम्मान गरेको थियो जसमध्ये फिल्म बिधा अर्न्तगत करिब एक दर्जन फिल्मकर्मीलाई काँग्रेसका बरिष्ठ नेताहरुले सम्मान प्रदान गरेका थिए ।

 

सम्मानित हुनेहरुमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सहित बरिष्ठ कलाकार मनदास श्रेष्ठ, सुनिल थापा, कृष्ण मल्ल, आरपी पन्त, अभिनेत्रीद्धय झरना थापा, गरिमा पन्त, फाईट मास्टर एनवी महर्जन, डान्स डाईरेक्टर राजु शाह, हाँस्यकलाकार जीतु नेपाल, गायक रामकृष्ण ढकाल, गायिका निशा सुनुवार साथै गीतकार बाबुराम दाहाल तथा फिल्मी जर्नलिष्ट त्रय शान्तिप्रिय, लक्ष्मण सुवेदी तथा नरेश भट्टराई रहेका छन् । उक्त कार्यक्रममा सम्मानका लागि अभिनेताद्धय दीलिप रायमाझी, आयुष रिजाल, अभिनेत्री झरना बज्राचार्य, निर्माता संघका अध्यक्ष राजकुमार राई, हाँस्य अभिनेता दीपक राज गिरी र गीतकार नवराज लम्सालको पनि नाम लिईएको थियो तर उनीहरु सम्मान ग्रहणका लागि उपस्थित भएनन् ।


काँग्रेस सभापति सुशिल कोईरालको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा फिल्मकर्मी उपस्थित गराउने जिम्मा चरित्र अभिनेत्री सुष्मा कार्कीले लिएकी थिईन् जो काँग्रेस महामन्त्री अर्जुन नरसिंह केसीको सम्धिनी पर्छिन् । सुष्माले सम्भवत यसै बर्ष हुने चुनावका लागि फिल्मकर्मीको मत नेपाली काँग्रेसको पोल्टोमा पार्न यस किसिमको सम्मान कार्यक्रम आयोजनाको लविङ गरेको बुझिएको छ ।