मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दुबईमा फिल्मी अवार्ड हुँदै

मनोज अधिकारी, दुबई, 2012/09/17

अन्ततः लामो समय देखि चर्चामा रहदै आएको बक्स अफिस फिल्म अवार्ड २०६९ हुने भएको छ । अर्न्तराष्ट्रिय बजारमा नेपाली फिल्मको बजार बिस्तारको क्रममा पहिलो पटक अक्टुबर १२ मा दिउसो १:३० बजे दुबई स्थित बरदुबईको गोल्डेन सिनेमामा उक्त भब्य कार्यक्रम हुने तय भएको हो । दुबईमा रहेको सन् हिल्स फिल्म प्रोडक्सन र नेपालमा रहेको बक्स अफिस फिल्मी क्लबले मिलेर गर्न लागेको सो अवार्ड कार्यक्रम मिती केहि दिन अघि मात्र तय गरिएको हो । अक्टुबर ११ मा भने एनआरएन र कलाकार बीचको फुटबल हेर्न सकिन्छ भने लगत्तै भोलिपल्ट अवार्ड कार्यक्रम हुनेछ ।

 

बिगत केहि समय देखि छोटो समयमा नै बिकासको चुली टेक्दै गरेको दुबई शहरमा अंग्रेजी, हिन्दी, तामिल र मलयालम फिल्म अन्य देशमा नलाग्दै बिहिबार नै नियमित प्रदर्शन भए पनि नेपाली फिल्म भने नियमित प्रदर्सन हुन सकेको छैन । फिल्म गुणस्तरीय बनेको खण्डमा नेपाली फिल्मले पनि खाडी मुलुकबाट लगानी उठाउने सम्भावना रहेको छ । तर पनि फिल्म डिजिटल फर्म्याट, अंग्रेजी सब टाइटल, अरबी सब टाइटल जस्ता झमेलाका बाबजुत नियमित फिल्म प्रदर्शन गर्दै आएको सन् हिल्स फिल्म प्रोडक्सनका डाइरेक्टर सुर्य अधिकारी अवार्ड सो अवार्ड कार्यक्रम भब्य र सभ्य बनाउन कुनै कसुर नछोडिने र लगत्तै नेपाली फिल्म निर्माणमा पनि अघि बढ्ने बताउँछन् ।


"राष्ट्रको सर्बश्रेष्ठ फिल्म अवार्ड" नाम दिएको कार्यक्रममा नेपालबाट क्षेत्रका हस्तीहरु आउने कुराले दुबई र दुबई आसपास रहने नेपालीहरु उत्साहित भएका छन् । कार्यक्रममा नेपालबाट दिपक राज गिरी, राजेश पायल राई, दिपक लिम्बु, यस कुमार, बाबु बोगटी, दिपाश्री निरौला, नरेश भटराई लगायत अन्य कलाकारहरु आउने छन् । अवार्डको लागि मनोनयनमा सर्वोत्कृष्ट नायक, नायिका, चलचित्र, निर्देशक, नवनिर्देशक, खलपात्र, सह-अभिनेता, सह-अभिनेत्री, गायक, गायिका, संगीतकार, हाँस्य कलाकार, कथा, पटकथा, लागायत २८ विधाहरु रहेका छन् भने 'भ्यूअर्स च्वईस' अन्तर्गत ११ विधा रहेका छन् ।