मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेफ ल्याण्डिङको नब्बे प्रतिशत छायाँकन रातमा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/16

झरना बज्राचार्यले अभिनय गरेको नयाँ फिल्म सेफ ल्याण्डिङको ९० प्रतिशत छायाँकन रातमा गरिएको छ । भदौ दोस्रो साता देखि छायाँकन सुरु गरिएको सो फिल्म तीन दिन पश्चात  प्याकअप पनि हुँदैछ ।

 

मलेसियन निर्माता राहुल अग्रवाल र अष्ट्रेलियन एनआरएन बसन्त भण्डारीले निर्माण गरेको उक्त फिल्मको कथा एक दिनको रहेकाले ९० प्रतिशत बढी छायाँकन रातमा गरिएको प्रोडक्सन कन्ट्रोलर बुद्धीलाल मगरले जानकारी दिए । भारतीय मुलका मलेसियन नागरिक सन्दीप जो सेपको निर्देशन तथा भारतीय क्यामेराम्यान जोन ज्याकअपले खिचिरहेको सो फिल्म ड्रग माफियाको कथामा आधारित छ जहाँ मुख्य नाईके भएर खेलेका छन् निरज बराल ।

 


निरज र झरना साहित सो फिल्ममा सुमिना घिमिरे, दीपशिखा शाही, सुशिल पाण्डे, विएस राणा र रश्मी भट्ट पनि प्रमुख भूमिकामा छन् । 'उल्लु जस्तै भईएको छ रातभर छायाँकन गरिएकाले', प्रोडक्सन कन्ट्रोलर बुद्धीले भने । बुद्धीका अनुसार दिनेश डिसीको डेब्यू फिल्म सावधानमा पनि झन्डै दुई महिना नाईट सुटिङ थियो तर सुट गरिएका सवै नाईट सिन भने पर्दामा देख्न पाईएन ।

 

'साँझ देखि भोली पल्ट २ बजे सम्मको स्टोरी रहेकाले यो फिल्ममा सवै दृश्य फिल्ममा हेर्न सकिनेछ त्यसैले मेकिङमा पनि 'कम्प्रमाईज' गरिएको छैन', बुद्धीले बताए । पोष्ट-प्रोडक्सनको डविङ बाहेक सम्पूर्ण काम मलेसियामा गरिने उक्त फिल्म ६ महिना भित्र प्रदर्शनमा आउने बताईएको छ । हिरो निरज बरालले नेगेटिभ भूमिका निर्वाह गरेको सो फिल्ममा झरना भने प्रहरीको भूमिकामा छिन् ।