मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सुमिनाको लुगा भित्र के देखियो ?

फिल्मीखबर, काठमाण्डौ, 2012/09/16

पुरानो पुस्ताकी नायिका करिष्मा मानन्धर देखि नयाँ पुस्ताका नायिका शुष्मा कार्की, प्रियंका कार्की सम्मलाई ट्याटुको मोहले छोएको छ । करिष्मा र सुष्माले बक्षस्थलमा नै टल्किने गरेर ट्याटु बनाएका छन् भने प्रियंकाले ढाड र खुट्टामा बनाएकी छिन् । यहि ट्याटुको मोहले छोएकी अर्की नायिका हुन् सुमिना घिमिरे ।
 

मलेसियन प्रोजेक्ट 'सेफ ल्याण्डिङ' मा ब्यस्त रहेकी सुमिना घिमिरेलाई पनि ट्याटु रहरले छोएको उनले बनाएको ट्याटुले देखाउँछ । गत भदौ १४ देखि सुटिङ भईरहेको सो फिल्मको सेटमा फिल्मीखबर पुग्दा सुमिनाको पारदर्शी लुगाबाट उनको ट्याटु देखिएको हो । त्रिभुवन विमानस्थल परिसरमा रातको दश बजे दाहिने कोखमा बनाईएको उनको ट्याटुलाई  फिल्मीखबरको क्यामेराले कैद गरेको हो ।

 

'परमानेन्ट' जस्तो नलाग्ने उनको ट्याटुको आकार भने छुट्याउन सकिएको छैन । यध्यपी झट्ट हेर्दा माछा आकार जस्तो देखिने ट्याटु रहस्य धेरै रहेको उनको हाउभाउबाट अनुमान काटिएको छ । यो ट्याटु फिल्मको कथाले मागेको हो या सुमिनाको आफ्नै कथाले मागेको हो त्यो भने बुझ्न सकिएन !