
अभिनेत्री करिश्मा मानन्धरको सवैभन्दा प्रिय साथी को रहिछन् भन्ने रहस्य खोलिएको छ । झण्डै चार महिनाको लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेकी करिश्माले एयरपोर्टमा फिल्मीखबरसंग कुरा गर्दै गौरी मल्ललाई भेट्न आफू निकै आतुर रहेको बताईन् ।
छोरी कविताको कलेजको डकुमेन्ट मिलाउन अमेरिका जान बाध्य भएपछि तीन बर्ष पश्चात उनी पुनः अमेरिकामा पाईला राख्न लागेकी हुन् । उनी साँझ नौ बजे कतार एयरवेज मार्फत अमेरिकाको लागि उडेकी हुन् । उनलाई पुर्याउन उनका पति एवं निर्माता विनोद मानन्धर र अफिशियल हेयर ड्रेसर रितु राना एयरपोर्ट पुगेका थिए । 'कबुको काम त भैहाल्यो तर गौरी दिदीलाई जाने वित्तकै भेट्ने छु', करिश्माले भनिन् ।
यो तीन महिनाको अमेरिका बसाई उनका लागि विशेष पनि हुने छ किनकी उनी मज्जाले अमेरिका घुम्ने योजनामा पनि छिन् । उनी अर्की अभिनेत्री सारंगा श्रेष्ठको निवास म्यारिल्यान्ड स्थित लरेल पनि सम्भवत पुग्ने छिन् । विगत दुई बर्ष यता अमेरिकामा रहेकी गौरी हाल न्यूयोर्कमा बस्छिन् । न्यूर्योकमा गौरीसंग करिश्माको तीज मनाउने कार्यक्रम पनि रहेको छ । उनले ससुराको बर्ष दिने पुण्य तिथिको कार्यक्रममा सहभागी हुन डिसेम्बरको अन्त्यसम्म उतैबाट लण्डन जाने कार्यक्रम पनि तय गरेकी छिन् यध्यपी होम सिक भएमा उनी डिसेम्बरमै नेपाल फर्किएपछि मात्र लण्डन जाने छिन् ।