मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

तेर्‍हौं दिनमा सम्झिए निर्मल

फिल्मीखबर, काठमाण्डौ, 2012/09/14

हृदयघातका कारण अल्पआयुमा निधन भएका कलाकार निर्मल खड्को तेर्‍हौं पुण्य तिथिको दिन चलचित्र कलाकार संघले उनको योगदानको चर्चा गर्‍यो । शुक्रबार अपरान्ह श्रद्धाञ्जली सभा आयोजना गर्दै चलचित्र कलाकार संघले अनामनगर स्थित आफ्नै कार्यालयमा निर्मलको फिल्मी योगदानको चर्चा गरेको हो ।

 

सञ्चारकर्मी सचित खड्काको पिता निर्मलले करिब एक दर्जन फिल्म र त्यतिकै संख्याको टेलिफिल्ममा अभिनय गरेका थिए । जसको प्रशंशा फिल्मकर्मीले दिल खोलेर गरे । 'चलचित्र उद्योगमा यस्ता ब्यक्तिको खाँचो निकै छ । यदि उहाँ जस्तो ब्यक्ति केही भईदिएको भए पक्कै पनि यो उद्योगको मुहार फेरिने थियो', संघका अध्यक्ष रमेश बुढाथोकीले निर्मलको ब्यक्तित्व सम्झिए ।

 


'उ एउटा कलाकार मात्र नभई साथीत्वको भावना बोकेको निकै राम्रो ब्यक्ति पनि हो त्यसैले यो उद्योगमा उसको अभाव सधै खड्किरहने छ', निर्मलका हितैषी साथी एवं कलाकार कृष्ण मल्ले भने । नेगेटिभ लुक्सका धनी निर्मलसंग आजको युवा भन्ने फिल्ममा अभिनेत्री मौसमी मल्लले पनि संगै काम गरेकी थिईन् । मौसमीले उनको डरलाग्दो लुक्स कहिलै पनि नबिर्सने बताईन् ।

 

 

महिला चलचित्रकर्मी मंचको प्रतिनिधित्व गर्दै श्रद्धाञ्जली सभामा उपस्थित भएकी मौसमी सहित बरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि निर्मलको यो निधन समग्र फिल्मकर्मीको लागि दु:खको कुरा भने । यस्तै कार्यक्रममा चलचित्र संघका महासचिव प्रदीप उदयले निर्मलको निधनलाई क्षतीको संज्ञा दिए । यसैगरी प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना तथा द्धन्द संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले श्रद्धाञ्जली सभा भन्दा पनि जिउँदो छँदा सम्झिने बानी बसाले अझ राम्रो हुने बताए ।