मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मा आज अमेरिका उड्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/14

तीन बर्ष पश्चात अभिनेत्री करिश्मा मानन्धर आज पुनः अमेरिका जादैछिन् । उनको भनाई अनुसार छोरी कविताको कलेजको केही डकुमेन्ट मिलाउनु पर्ने बाध्यात्मक कारण अमेरिका जानु परेको हो । जसकारण उनको अमेरिका बसाई केही महिना मात्र हुने छ ।

 

भ्रमणकी निकै सौखिन करिश्मा डिसेम्बरको अन्तिम सम्म अमेरिका रहने छिन् त्यसपश्चात उनी सिधै लण्डन जाने वा नेपाल नै फर्किने भन्ने बारे उनले निधो गरिसकेकी छैनन् । करिश्माको अनुसार फेब्रुअरीमा उनको ससुराको बार्षिक पुण्य तिथि रहेकाले उनी अमेरिकाबाटै सिधै लण्डन प्रस्थान गर्ने प्रवल सम्भावना पनि छ तर अहिले नै लण्डन जाने बिषयमा निर्णय गरि नसकेको उनले बताएकी छिन् ।

 

केही बर्षे अमेरिका बसाई पश्चात २००९ मा नेपाल फर्किएकी करिश्माले पछिल्लो समय केही फिल्म पनि खेलिन् तर विगत दुई महिना देखि अमेरिका जानु पर्ने कारण देखाउदै उनले प्रस्तावमा आएका केही फिल्महरु रिजेक्ट गर्दै आएकी थिईन् ।