मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माई ब्रदरको डबिङ बल्ल सकियो

फिल्मीखबर, काठमाण्डौ, 2012/09/14

नायक जीवन लुईटेलको व्यस्तताल् अड्किएको फिल्म 'माई ब्रदर' को डबिङ बल्ल सकिएको छ । लामो समयको पर्खाई पश्चात जीवनले समय निकाले पछि डबिङ सकिएको निर्देशक बिष्णु भट्टराईले फिल्मीखबरलाई जानकारी दिए ।

 

जीवन फिल्ममा बिशेष भुमिकामा रहेको जानकारी दिंदै निर्देशक भट्टराईले डबिङसंगै फिल्मको पोस्ट-प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको बताए । असोज १९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'माई ब्रदर' मा सुमिना घिमिरे र दीपक पाण्डेको मुख्य भुमिका रहेको छ । सामाजिक कथाबस्तुमा बनेको सो फिल्ममा रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको अभिनय हेर्न सकिनेछ ।

 

फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ । सरु भट्टराई र मैना देवी भण्डारीले निर्माण गरेको सो फिल्मलाई निर्देशक भट्टराईले पारिवारिक सस्पेन्स फिल्म भन्दै आएका छन् ।