
नम्बर वान फिल्ममेकरको ट्याग भिरेका छवि ओझाले नयाँ फिल्मको टाईटल पोष्टर रिलिज गरेका छन् । सविर श्रेष्ठलाई दोहोर्याउँदै उनले यो छविराज प्रोडक्सनमा रेखा फिल्मस् र गुण सिनेमालाई अटाएका छन् ।
रेखा थापासँगको १२ बर्षे बैबाहिक सम्बन्ध करिब अन्त्य भएपनि उनीहरुको ब्यावसायिक सम्बन्ध मजबुत रहेको सार्वजनिक गरिएको पोष्टरमा देख्न सकिन्छ । यस अघिका फिल्ममा जस्तै सार्वजनिक पोष्टरमा रेखा थापाको हमेशा भनि लेखिएको छ । छवि चाँहि कार्यकारी निर्माताको रुपमा रहेका छन् । असोज १ भनिएपनि फ्लोरमा जाने डेट फिक्स फाईनल नगरेका निर्माता ओझाले असोज ५ सम्म सुटिङ सुरु गरिसक्ने बताएका छन् ।
हाल सम्मको जानकारी अनुसार फिल्ममा सविन श्रेष्ठ र रेखा थापा फाईनल भईसकेका छन् भने अर्का एक हिरो प्रमुख भूमिकामा हुनेछन् । अर्का नयाँ हिरो भने फाइनल गर्न सकेका छैनन् ओझाले । मेकिङको हिसावले कस्ले चोर्यो मेरो मनबाट धेरै प्रशंशा पाएका ओझाले केही अवार्ड कार्यक्रममा पनि उक्त फिल्मले बर्चश्व राखेपछि उनले सविरलाई आफ्नो फिल्ममा पुनः दोहोर्याएका हुन् ।