मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र दिवस तुहिने सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2012/09/12

असोज १ को सन्दर्भमा गत बर्ष देखि मनाउन सुरु गरिएको चलचित्र दिवसको तयारी दोस्रो बर्षमा तुहिने सम्भावना देखिएको छ । चलचित्र बिकास बोर्डको प्रमुख कुर्सी खाली रहेका कारण यसपालिको चलचित्र दिवस औपचारिक रुपमा नमनाईन   लागिएको हो ।

 

'आजको दिन सम्म केही तयारी छैन भएको पनि रोकिएको अवस्था छ', विकास बोर्ड प्रशासन अधिकृत  अनुपम निरौलाले बताए । निरौलाका अनुसार गत बर्ष भन्दा यो पटक केही बृहत ढङ्गले चलचित्र दिवस मनाउने योजना गणेश भण्डारीले गरेका थिए तर अचानक उनको तर्फबाट आएको राजिनामाले सवै कार्यक्रम तुहिए सरह भएको छ ।


भण्डारीले गत बर्ष सामान्य तवरको कार्यक्रम आयोजना गरे पनि यो पटक स्वर्गिय कलाकार गोपाल भुटानी र निर्देशक हिरा सिंह खत्रीको शालिक अनावरण कार्यक्रमलाई मुख्य बनाएका थिए तर हिरा सिंह खत्रीको शालिक गलत तरिकाले निर्माण भएपछि सो बिषयमा भण्डारीको आलोचना तिब्र भएको थियो ।