कुनै समय टेलिभिजन दर्शकमाझ निकै चर्चित बनेकी अभिनेत्री सौजन्य सुब्बा भारतको उडिसा प्रान्तका फिल्ममेकरको प्रोजेक्टका अनुबन्ध भएकी छिन् । झण्डै एक दर्जन नेपाली फिल्म समेत खेलिसकेकी उनी पुरुष भन्ने टेलिफिल्मले दिएको दयमन्तीको ट्यागबाट अझै चर्चित छिन् यध्यपी टेलिभिजनको जस्तै सफलता उनलाई फिल्मबाट अझै प्राप्त हुन सकेको छैन ।
उनी ग्रीन रिर्टन ईन्टरटेन्मेन्टले मंगलबार देखि निर्माण सुरु गरेको फिल्म `स्वदेश` मा लिड हिरोईन खेल्न उडिसा पुगिसकेकी छिन् । उनी हाल उडाला जिल्ला मयुरगंज गाविसमा फिल्मको सुटिङमा ब्यस्त छिन् ।
पन्ध्र दिन सम्म सोही एरियाका विभिन्न लोकेशनमा सुट हुने उक्त फिल्मको बाँकी सात दिनको सुटिङ कोलकत्तामा गरिएपछि उनी काठमाण्डू फर्किने छिन् । 'मलाई हिरोहरुको वरिपरी घुम्ने कमजोर रोल गर्न मन लाग्दैन त्यसैले मेरो फिल्मको संख्या कम भएको हो', फिल्मीखबरले फिल्म संख्या किन कम भन्ने प्रश्नको उत्तर रेखा थापा शैलीमा दिदै उनले भनिन् ।
सौजन्यले उक्त फिल्ममा स्थानीय राजपरिवारका एक सदस्यसंग नेपाली महिलासंगको सहवासबाट पाएको सन्तानको दुःख दायी भूमिका केन्द्रिय रुपमा निर्वाह गर्दैछिन् । उनीद्धारा अभिनित फिल्म बडीगार्ड यहि शुक्रबार देखि देशब्यापी रिलिज हुदैछ ।

