सुटिङको दौरानमा अफएयरको गसिप बाहिरिरहेका बेला हिरो बाबु बोगटी र हिरोईन अनु शाहले आफ्नो केमेष्ट्री बनाईदिएको फिल्म 'आइ एम ईन लभ' लाई विशेष भनी संज्ञा दिएका छन् ।
बाबु र अनुको अफएयरको प्रसङ्गले सुटिङ समय देखि नै निकै चर्चामा रहेको सो फिल्मको औपचारिक रुपमा आज ईन्डक्ल्याप पार्टी आयोजना गरिएको थियो जहाँ अनु र बाबुले यो फिल्म आफूहरुका लागि विशेष हुने बताए । नयाँ हिरोहरुको लिष्टमा ब्यस्त बन्न थालेका गायक बाबुको ब्यस्तता दिन प्रतिदिन बढ्दै छ । उनी यहि असोज महिनामा 'प्रोड्यूसर' र 'वितेका पल' फिल्म खेल्ने तयारीमा पनि छन् ।

'मैले यस अघि सहअभिनेता भएर केही फिल्म खेलें तर यो फिल्ममा म सोलो छु अर्थात सुरु देखि अन्त्यसम्म यो फिल्मको कथा नै म माथी केन्द्रित छ त्यसैले यो फिल्म मेरो लागि विशेष छ', बाबुले बताए । उता अनुको पनि यो फिल्म सोलो हो तर यसमा उनको अर्को एक विशेषता पनि थपिएको उनले बताईन् । हाँसिरहने स्वभावकी अनुले भनिन्, 'पहिलो पटक द्धन्दका सिन गरेकी छु त्यसैले यो फिल्म मेरो लागि बिशेष छ ।' यस्तै अनुलाई फिल्मीखबरले अफएयर गसिप आईरहेको छ प्रष्ट पारिदिनुस भन्दा उनले यो बारेमा आफूले केही थाहा नभएको बताईन् तर बाबु भने यो सवै कुरा हावा भएको बताए ।

ईन्डक्ल्याप भनिए पनि टिमका अन्य प्राबिधिक तथा कलाकार विनाको उपस्थितमा निर्माता बिष्णु बस्नेत र निर्देशक सचिन राज अमात्य भने कार्यक्रममा थिए । यो लभस्टोरी फिल्म कात्तिक १७ देखि देशभर लाग्ने छ । यसअघि यो फिल्म असोज ५ गते लाग्ने बताईएको थियो ।

