
विगत १९ बर्षदेखि महानायक राजेश हमाललाई धर्म दाई मान्दै आएकी मैना सुचिकारको आज निधन भएको छ । निमोनियाले पिडित अपाङ्ग मैनाको आज दिउँसो १ बजे काठमाण्डौ जोरपाटी स्थित शंकरापुर हस्पिटलमा निधन भएको हो ।
विगत दश दिन देखि अस्पताल भर्ना भएकी मैनाले हरेक बर्षको तिहारमा महानायकसंग भाईटिका लगाउनॆ गरेकी थिईन् । आफूलाई दाई मानेपछि महानायकले पनि मैनालाई बेलाबेलामा सहयोग गर्दै आएका थिए । उनी हरेक जन्मदिन र भाईटिकाको दिन जोरपाटी स्थित खगेन्द्र नवजिवन केन्द्र पुगी मैनालाई भेट्ने गर्थे ।
१९ बर्षअघि अपराध भन्ने फिल्मको सुटिङ खगेन्द्र नवजिवन केन्द्रमा हुदा मैनासंग महानायकको भेट थियो जति बेला देखि उनीहरुको सम्बन्ध आत्मीय बनेको हो । तर यो आत्मीय सम्बन्धको अन्तिम दिन हमाल भने बहिनीको दाहसस्कार कार्यक्रममा उपस्थित हुन सकेकनन् । उनी डब्लुडब्लुएफको कार्यक्रमका लागि नेपालगञ्ज पुगेकाले मैनालाई अन्तिम पटक भेट्न नपाएका हुन् ।