
अमेरिका पुगिकन हिरोईन रञ्जना शर्माले केही साथीभाई माझ बर्थ डे पार्टी मनाईरहेकी थिईन् तर यो पटकको बर्थ डे माहोल भने निक भिन्नै रह्यो उनको लागि ।
सहकर्मी अरुणिमा लम्साल एक महिने अमेरिका भ्रमणका लागि आएकाले रञ्जनाले आफ्नो नियमित कामलाई छो्टयाउदै अरुणिमालाई अमेरिका घुमईरहेकी छिन् । यस्तै यहि भ्रमणसंगै रञ्जनाले आफ्नो बर्थ डे पार्टी न्यूयोर्क स्थित याक रेष्टुरेन्टमा आयोजना गर्दा अरुणिमा दिल खोलेर नाचिन् । भदौ २५ को नयाँ दिनबाट रञ्जना कति बर्षमा प्रवेश गरिन् त्यो उनले खुलाईनन् तर उनी भन्छिन्, '२५ भन्दा माथि र ३० भन्दा तल हो मेरो उमेर ।'
बर्थ डे माहोलमा हिरो रमेश उप्रेती, अर्जुन श्रेष्ठ र गायक यम बरालको उपस्थितीले कार्यक्रम झनै उत्सापूर्ण भएको रञ्जनाले फिल्मीखबरसंग कुरा गर्दे बताएकी छिन् । बर्थ डेमा रञ्जनाले सेतो रङको लंग गाउनमा केक काटिन् जसकारण पनि उनका लागि यसपालिको बर्थ डे निकै सम्झन लायक बन्यो । उनले भनिन्, 'केक काट्ने बेलामा मलाइ लाग्यो म फिल्मको प्रिमियर समारोहमा छु ।'
तीन बर्ष अघि अमेरिका उडेकी उनी थप २ बर्ष यता नेपाल आउने कार्यक्रम छैन । निर्देशक श्याम भट्टराईसंगको बैबाहिक सम्बन्ध अमेरिका पुगेसंगै टुङ्गिएकाले पनि तत्काल उनी नेपाल नआउने सोचमा रहेकी छिन् । उनले भनिन्, 'अब हामी मिल्ने साथी मात्र हौ त्यसैले हिजोको सम्बन्धको बारेमा म बोल्न चाहन्न ।' उनले अमेरिकामा आफ्नै ब्यूटीपार्लर खोल्न लागेकाले पनि थप दुई बर्ष नेपाल आउन नमिल्ने पनि बताएकी छिन् ।
यता श्रीमानका साथ अमेरिका भ्रमणमा निस्किएकी अरुणिमाले रञ्जनाको सहयोगमा राष्ट्रपति बाराक ओबामाको कार्यालय ह्वाईट हाउस पनि अबलोकन गरिन् । उनी असोज चौथो साता सम्म नेपाल आईपुग्ने छिन् । 'म नेपाल फर्किदन भनेर मिडियामा न्यूज आएछ तर त्यसो हैन', अरुणिमाले थप स्पष्ट पार्दै भनिन् । हाल न्यूयोर्कमा रहेकी उनी नाग्राफल्स जाने तयारीमा छिन् । पहिलो पटक अमेरिका पुगेकी अरुणिमाको यो हनिमुन स्टाईलको भ्रमण पनि हो जुन भ्रमणका लागि उनले दश महिनाको काखे छोरीलाई नेपालमै छाडेकी छिन् ।