मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

तत्काल बोर्ड अध्यक्ष नियुक्त हुने सम्भावना न्यून

फिल्मीखबर, काठमाण्डौ, 2012/09/10

आज साँझ ४ बजेका लागि मन्त्रीपरिषदको बैठक ठाकिएको छ जहाँबाट चलचित्र बिकास बोर्डका लागि नयाँ अध्यक्ष चयन हुने बताईएको थियो तर प्रधानमन्त्री कार्यालयका अनुसार फिल्मसंग सम्बन्धीत कुनै पनि एजेन्डा आजको बैठकका लागि तयार गरिएको छैन ।

 
दुई हप्तादेखि रिक्त विकास बोर्डमा एक सदस्य पद पनि खाली छ जुन स्थानमा आफू निकटका ब्यक्तिहरु पठाउने बिषयमा मन्त्रीहरु बीच नै हानाथाप चलिहरेको खबर बाहिरि रहेका छन् । जसमध्ये माओवादी कोटाबाट अध्यक्ष पदका लागि रेखा थापा परेकी छिन् भने संचारमन्त्री निकटबाट सुरेश कार्की । यस्तै अध्यक्षको दौडधुपममा शैलेश आचार्य, प्रदीप उदय र लक्ष्मण शेषको नाम पनि बाहिरिएको छ । यस अघि बोर्ड अध्यक्ष भईसकेका शैलेश आचार्य असोज २२ गते अमेरिका जादैछन् तसर्थ एक महिनाका लागि अध्यक्ष बन्ने र आफ्नो कार्यभार निलहरी काफ्लेलाई सुम्पने रणनीतिमा छन् उनि ।
 
यता एक महिने यूरोप भ्रमणबाट नेपाल फर्किएका उदयले पनि अध्यक्षका लागि आफ्नो लविङ सुरु गरेका छन् । अध्यक्ष पदका लागि बाहिरिएका तीन नयाँ नाम मध्ये उपयुक्त ब्यक्ति प्रदीप उदय रहेको बहस फिल्म उद्योगमा चलिरहेका बेला रेखा थापाको नियुक्ति सम्भावना पनि प्रवल रहेको हल्ला फैलिएको छ । यध्यपी निकै तनावको अवस्थामा रहेको सरकारका संचारमन्त्री राजकिशोर यादवले आफ्ना कानुनी सल्लाहकार सुरेश कार्कीको नाम अध्यक्षका लागि फाईनल गरिसकेको पनि खबर छ । तर प्रधानमन्त्री निकट श्रोत अनुसार बर्तमान राजनीतिक खितानीले मन्त्रीपरिषदको आगामी केही बैठकमा पनि फिल्म सम्बन्धीत एजेन्डा पेश नहुने करिब निश्चित भएकाले झण्डै एक महिना बोर्ड आझै नेतृत्व बिहिन हुनेछ ।