मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

जन्मदिनमा जीवनले ल्याए आफ्नै वेभसाईट

फिल्मीखबर, काठमाण्डौ, 2012/09/10

हुनत गिफ्ट भनेको जन्मदिन मनाउनेलाई साथीभाई तथा आफन्तहरूले सम्झनाको चिनो स्वरूप दिने गर्दछन् तर यहाँ नायक जीवन लुईटेलले भने आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना शुभचिन्तक तथा साथीभाईहरूलाई उपहार स्वरूप आफ्नै व्यक्तिगत वेभसाईट गिप्ट दिने भएका छन् ।

 

आजबाट ३१ औं बसन्त पार गरेका ह्याण्डसम हिरो जीवनले आफ्ना व्यक्तिगत कुराहरू र आफूले गरेका कामहरूको बारेमा जानकारी दिन  (www.jiwanluitel.com) वेभसाईट लञ्च गर्न लागेका हुन् ।  आज उनले आफू अभिनित फिल्म 'व्ल्याक मेल' को सञ्चारकर्मी भेटघाट कार्यक्रमको अवसर पारेर आफ्नो वेभसाईट लञ्च गर्ने छन् । यो वेभसाईटलाई सनबी डिजाईन स्टुडियोले तयार पारेको हो ।

 

२०३८ सालमा आजकै दिन बिराटनगरमा जन्मेका जीवन मोडलिङको साथमा सञ्चारकर्मी बन्दै फिल्ममा प्रवेश गरेका हुन् । सानो संसार र मेरो एउटा साथी छमा छोटो भुमिका निर्वाह गरेका जीवन नसिब आफ्नो फिल्ममा मुख्य भुमिकामा अभिनय गरे । त्यसपश्चातको फिल्म नाइ नभन्नु ल उनको जीवनमा टर्निङ प्वाईन्ट भएर आयो । नाइ नभन्नु लको सफलतासँगै अहिले उनी व्यस्त नायकको सुचिमा छन् । दीपशिखा, कसम हजुरको, म तिम्रो भईसकें, अन्दाज, जब जब माया बस्छ, मालतीको भट्टी लगायतका फिल्ममा काम गरिसकेका जीवन अहिले योगेश घिमिरेको 'नोटबुक' मा व्यस्त छन् ।

 

यहि भाद्र २९ गतेबाट उनको फिल्म 'ब्ल्याक मेल' रिलिज हुँदैछ जसमा जीवन भिन्न भुमिकामा देखिन लागेको बताउँछन् । उनी भन्छन्, 'ब्ल्याक मेल' मेरो लागि एउटा बिशेष फिल्म हो त्यसैले दर्शकहरूले एक पटक हेरेर प्रतिक्रिया दिन आग्रह गर्छु ।' मिस्टर नेपाल समेत रहेका यि हिरोलाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !