मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बेश्याको भुमिकामा मौसमी

फिल्मीखबर, काठमाण्डौ, 2012/09/09

भिडियो सम्पादन, छायाँकन, एनिमेशन तथा केहि सर्ट फिल्ममा निर्देशनको अनुभव बटुलेका अनुप गिरी अब फिचर फिल्मको निर्देशन गर्ने शुरमा छन् । भाद्र २६ गतेबाट फ्लोरमा जाने गरि अनुपले 'कुण्ठा' नामक फिल्म निर्देशन गर्न लागेका हुन् ।

 

मुस्किलले ७/८ वटा संवाद राखिने फिल्म 'कुण्ठा' मा मौसमी मल्ल, सुरज केसी र रोबिन पोख्रेलको मुख्य अभिनय रहनेछ । १८ दिनको सुटिङ सेड्यूल निकालिएको सो फिल्म ९० मिनेटको हुने निर्देशन बन्ने तयारीमा रहेका अनुपले बताए । किरण माईकलको लेखन तथा संगीत रहने सो फिल्मको सम्पादन पनि अनुपले नै गर्नेछन् । आफ्नो अडियो भिडियोमा लामै समय खर्चेका अनुपले नयाँ टेस्टको फिल्म बनाउने बताए ।

 

साईन इन्टरटेन्मेटको व्यानरमा बन्ने सो फिल्मलाई निरज कँडेलले खिच्नेछन् । फिल्मको मुख्य कथा वेश्यावृतिमा आधारित रहेको बताउँदै अनुपले वेश्यावृतिमा संलग्न भएकी महिलाको कारणले उसको सन्तानमा पर्ने मानसिक असरलाई फिल्ममा प्रस्तुत गर्ने बताए । फिल्ममा मौसमी मल्ल एउटी बेश्या महिलाको भुमिकामा देखिनेछिन् ।