मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

महानायकलाई बल्ल छोयो `ड्रेसिङ सेन्स` ले

फिल्मीखबर, काठमाण्डौ, 2012/09/09

महानायकलाई के गर्न आउदैन भन्ने प्रश्न उठ्दा प्रायको उत्तर हुन्छ उनलाई नाच्न आउदैन । तर त्यति मात्र हैन महानायकलाई कस्तो कार्यक्रममा कस्तो ड्रेस लगाउनु पर्छ भन्ने पनि आउदैन । यति सम्मकी उनका अधिकांश फिल्ममा उनलाई ड्रेसले पटक्कै नसुहाएको पनि देख्नि सकिन्छ ।

 

अभिनयमा उत्कृष्टता भन्दा पनि ब्यक्तित्व र ब्यबहारले महानायक पद पाएका उनी दीपाश्री निरौलाले आयोजना गरेको तीज विशेष सम्मान कार्यक्रममा पुगेका थिए जहाँ उनको  ड्रेसिंग सेन्स केही हद सम्म भएको देखिएको थियो । हुन त मानिस जव प्रेममा पर्छ तव यस्ता कुरामा उसको ज्यादा ध्यान जान्छ । सायद मधु भट्टराईसंगको प्रेममा परेका कारण उनको 'ड्रेसिङ सेन्स' बढ्न थालेको होला भन्ने अनुमान धेरैले काटेका छन् ।

 

यध्यपी पूर्ण रुपमा महानायकको  'ड्रेसिङ सेन्स' चाहि देखिएको छैन । किन कि उनले कपडाको पाईन्टमा टिसर्ट लगाएका थिए जुन टिसर्टमा जिन्स पाईन्ट भएको भए राम्रो देखिन्थ्यो । तर महानायकले तीजको कार्यक्रममा महिलाहरुले रातो साडी लगाउछन् र म पनि यस्तै कलरको कुनै पहिरन लगाउछु भन्दै रातो टिसर्टमा आफ्नो सहभागीता जनाउनुले उनीमा केही हद सम्म 'ड्रेसिङ सेन्स' रहेछ भन्ने अनुमान काट्न सकिन्छ । 

 



झण्डै पाँच सय महिलाहरुको भिडमा महानायकले केही बेर नचेका थिए । उनी अन्य कलाकारहरुको प्रस्तुतीमा थप्पडी बजाउदै निकै रमाएका थिए । अन्य कार्यक्रम पुग्दा गम्भीर भएर बस्ने उनी महिलाहरुको भिडमा भने एक मिनेट पनि गम्भीर भएर बसेनन् । कार्यक्रममा हास्य अभिनेता मनोज गजुरेलले महानायकले विहे किन गरेनन् भन्ने बिषयमा ब्यग्य प्रहार गरेका थिए ।