मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मन्त्रीले गरेको निलहरी बर्खाष्त निर्णयलाई सर्वोच्चले उल्टाईदियो

फिल्मीखबर, काठमाण्डौ, 2012/09/09

घुष काण्डको आरोपमा चलचित्र विकास बोर्डको सदस्य पदबाट बर्खाष्त गरिएका निलहरी काफ्ले माथिको कारबाही उल्टिएको छ । घुष खाएको प्रमाण फेला नपरेको भन्दै सर्वोच्च अदालतले उनीमाथिको मन्त्रीको बर्खाष्त निर्णयलाई उल्टादै पुनः बहालीको आदेश पनि दिएको छ ।

 

कल्याण श्रेष्ठ तथा प्रकाश वस्तीको संयुक्त ईजलाशले आज काफ्लेलाई निर्दोष ठहर गर्दै बोर्डमा पुन; जान निर्देशन दिएको हो । उनलाई दुई साता अघि संचारमन्त्री राज किशोर यादवले बर्खाष्त गरेका थिए । सर्वोच्चको आदेश संचार मन्त्रालयको टेवल हुदै पुनः विकास बोर्ड पुगेपछि काफ्लेले बोर्डमा हाजिरी गर्ने छन् । 'संभवत तीन दिन भित्रमा त्यो आदेश संचारमन्त्रालय हुदै बोर्ड पुग्नेछ अनि म हाजिर गर्ने छु',  सर्वोच्च आदालतको निर्णय पश्चात काफ्लले भने । 

 
चाबहिल चुच्चेपाटी स्थित केएल सिनेमा सिटी निर्माणका लागि एक लाख घुष लिएको आरोप लागेपछि काफ्ले विवादित बनेका थिए जसकारण काफ्लेले चलचित्र निर्माता संघको कार्यसमिति पद समेत गुमाउनु पर्यो । अदालतले नै त्यस्तो निर्णय गरेपछि अब काफ्लेले चाहेको खण्डमा सिडियोको माध्यमबाट निर्माता संघको कारबाही पनि उल्टाउन सक्ने छन् । तर यो बिषयमा उनले तत्तकाल त्यस्तो कुनै सोच नबनाएको बताएका छन् । यस्तै अदालतको उक्त आदेशका कारण काफ्लेको स्थानमा निर्माता संघले गरेको रोज राणाको सिफारिस स्वत खारेज सरह भएको छ ।
 
निर्माता संघको सिफारिसमा बोर्ड सदस्य भएका काफ्ले पुनः बोर्ड फर्किने निश्चित भएकाले संघको पछिल्लो निर्णय रोकिने भएको हो । यता निर्माता संघका अध्यक्ष राजकुमार राईले अन्य पदाधिकारीसंगको छलफलबाट मात्र यो बिषयमा संघको प्रतिक्रिया आउने बताएका छन् । उनले भने, 'सर्वोच्चले नै यस्तो निर्णय गरेको हो भने यो बिषयमा अहिले हाम्रो तत्काल कुनै प्रतिक्रिया  छैन ।'  काफ्लेले विवादमा पर्ना  साथ काठमाण्डू जिल्ला आदालतमा पहिलो मुद्धा हालेका थिए जुन मुद्धाको पेशी भदौ २८ गते राखिएको जहाँबाट पनि आफू निर्दोष सावित हुने उनको दावी छ ।