मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपाश्री निरौला समाज सेवामा पनि सफल

फिल्मीखबर, काठमाण्डौ, 2012/09/09

अभिनयमा पाएको सफलता जस्तै टेलिभिजन हिट हिरोईन अभिनेत्री दीपाश्री निरौला समाजसेवमा पनि सफल भएकी छिन् । दुई दशकको अभिनय यात्रामा उनले पहिलो पटक  उनले भब्य कार्यक्रम गरी पाँच महिलाहरुलाई दील खोलेर सहयोग गरेकी छिन् ।

 
हिजो शनिबार तीज विशेष कार्यक्रम गरी उनले आफू कमजोर रहेर पनि समाजसेवामा सक्रिय रहेका दीलशोभा श्रेष्ठ, भीमा खतिवडा, गोमा राई, गंगा रायमाझी तथा डा. अरुणा उप्रेतीलाई ११ हजार १ सय ११ का दरले सहयोग गरेकी हुन् । नेपाल टेलिभिजनको प्रत्यक्ष  प्रसारणको साथमा उनले चर्चित कलाकारहरुको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।  करिब पाँच सय महिलाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा महानायक राजेश हमाल देखि निशा अधिकारीको सम्मको उपस्थिति थियो । 
 
 
कार्यक्रम भब्य भएपछि महानायक स्टेजमा गएर केही बेर नाचेका पनि थिए जसले कार्यक्रमको महोल उत्सापूर्ण बनाईदिएको थियो । तीजको दर सहित आयोजित उक्त कार्यक्रममा हास्य अभिनेता मनोज गजुरेल, राजाराम पौडेल, किरण केसी, शैलेन्द्र सिम्खडा, सिताराम कट्टेल (धुर्मुस), आरपी भट्टराई (लाजालाम) सहित हिरोईन रंजिता गुरुङ,  कोरियोग्राफर शंकर विसी, सम्झना बुढाथोकी तथा गायिका निशा सुनुवार, माण्डवी त्रिपाठीको विभिन्न प्रस्तुतीले कार्यक्रमको रौनक भब्य बनाएको थियो । 
 
 
तीतो सत्य निर्माण गरेको कम्पनी आमा सरस्वती मुभिजको तर्फबाट आयोजित कार्यक्रममा जेस्ठ अभिनेत्री लक्ष्मी गिरी सहित बसन्धरा भुसालको पनि उपस्थिती  थियो । 'अबको समय भने दर खाने मात्र हैन यसरी सहयोगका हात पनि बढाउनु हो त्यसैले यत्रो ठूलो कार्यक्रम गरेकी दीपाश्रीलाई म धन्यवाद दिन्छु', कार्यक्रममा बोल्दै अभिनेत्री गिरीले भनिन् । भब्य कार्यक्रमम गरेकी दीपाश्रीको समाजसेवाको पहिलो पाईलालाई उपस्थित ब्यक्तिहरुले निकै प्रशंशा गरेका थिए । 
 
'यो पहिलो पटक हो जस्तो भयो म निकै  सन्तुष्ट छु र आगामी बर्षहरुमा म यसैगरी सहयोगका कार्यक्रमम गर्दै जानेछु', दीपाश्रीले फिल्मीखबरसंगको कुराकानीमा  भनिन्  । गायिका निशा सुनुवार सहित कविता शर्मासंगको मिलेर उनले आयोजना गरेको उक्त कार्यक्रमलाई सफल बनाउन दीपकराज गिरी सहित निर्मल शर्माले प्रत्यक्ष  सहयोग गरेका थिए ।