बधाई छ रोहित देवकोटालाई जसले स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद रू एक लाख २५ हजार प्राप्त गरेका छन् । बिगत सात महिना देखि चलेको उक्त स्क्रिप्ट लेखन प्रतियोगितामा रोहितको 'मृताकार' नाममा लेखिएको कथा सर्वोत्कृष्ट भएको आयोजकन्यू नेपाली सिनेमाले फिल्मीखबरलाई जानकारी गरायो ।
बिजयी रोहितको 'मृताकार' नामक कथामा प्लानेट ३ फिल्मसले फिल्म बनाउने छ जसको निर्देशन अर्जुन सुवेदीले गर्नेछन् । हाल अमेरिकामा रहेका अर्जुन यहि फिल्मबाट निर्देशक बन्ने छन् जसलाई उनैका सहकर्मी साथीहरू मनोज अधिकारी, सन्दिप देवकोटा, अजय भट्टराई, अपिल बिष्ट, अनुज जंग र अर्जुन सुवेदीले लगानी गर्नेछन् । आगामी मार्च २०१३ बाट शुरू गरिने भएको छ ।
करिब ८० वटा प्राप्त स्क्रिप्टबाट मनोज पण्डित, दीपक रौनियार, छिरिङतार शेर्पा, अर्जुन सुवेदी र अपिल बिष्टको निर्णायक टोलीले १० उत्कृष्ट स्क्रिप्ट छानेको हो । यस्तै उक्त प्रतियोगीतमा रनरअप भएका सन्दिप बादलको 'झरी' नामक कथामा अस्ट्रेलियाको कम्पनी एलपी इन्टरटेन्मेण्ट, प्लानेट ३ फिल्मस र अपिल फिल्म्सले संयुक्त रूपमा लगानी गरी फिल्म बनाउनेछ । यस्तै बाँकी टप टेन भित्र परेका स्क्रिप्टहरूमा पनि थुप्रै फिल्ममेकरहरूले फिल्म बनाउने चासो देखाएको कार्यक्रम संयोजक मनोज अधिकारीको भनाई छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला -

