मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सकियो `अन्तराल`

फिल्मीखबर, काठमाण्डौ, 2012/09/09

महिला निर्देशनमा डेब्यू गरेकी दीपा बस्नेतले २७ औं दिनमा आफ्नो फिल्म 'अन्तराल' को प्याकअप गरेकी छिन् । गत श्रावण २९ गतेबाट सुटिङ शुरू गरेकी दीपाले शनिबार फिल्मको इन्डक्ल्याप गरेको फिल्मीखबरलाई बताईन् ।

 

२८ दिनको सुटिङ सेड्यूल राखे पनि निरन्तर काम भईरहेकाले बिना अवरोध २७ औं दिनमा सुटिङ सकेको दीपाले जानकारी दिईन् । उनी भन्छिन्, 'सबै टिमको राम्रो सहयोग भयो जसले गर्दा हामीलाई काम गर्न निकै सहज भयो ।' फिल्मका लागि अधिकांश अनुहार नयाँ भएपनि थिएटरमा जमेका कलाकार भएकाले काम गर्न गार्‍हो नभएको उनको भनाई थियो ।

 

ग्रामिण भेगबाट थुप्रै सपना बोकेर शहर पसेका युवाहरूको संघर्षको कथालाई फिल्म 'अन्तराल' मा मुख्य बिषय बनाईएको छ । फिल्ममा अमितेश शाह, राजकुमार पुडासैनी, कमलमणी नेपाल, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, मानव सुवेदी, उज्जवल शर्मा भण्डारी, नवराज खड्का, नम्रता सापकोटा, जेसिका बोगटी लगायतले अभिनय गरेका छन् ।

 

जीवनसाथी फिल्म्सको व्यानरमा वि.वि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको लगानी रहेको सो फिल्मलाई निर्देशक बस्नेतले युवाहरूको कथा भनिन् । अभिमन्यू निरवीको लेखन रहेको सो फिल्मलाई शिबराम श्रेष्ठले खिचेका हुन् भने संगीत शशि विक्रम थापाको रहेको छ । यस्तै फिल्ममा योगेश्वर अमात्य र मानव सुवेदीको स्वर रहेको छ । सुटिङ सँगसँगै सम्पादन कार्यलाई पनि अगाडी बढाईएको अन्तराललाई छिट्टै नै दर्शकमाझ ल्याउने बताउँदै निर्देशक दीपाले छिट्टै नै अर्को फिल्मको सुटिङ शुरू गर्ने बताईन् ।