दुई दशकको अभिनय यात्रामा सधै सफल भएका अभिनेता सुनिल थापालाई बुढयौलीले छोएको छ तर यो कुरा उनी मान्न तयार छैनन् । विजी खलनायक थापाको उमेर उनको भाषामा ५५ बर्ष पुग्यो तर उनका आँखी भौंहरू फुलेको देख्दा लाग्छ उनको उमेर ५५ बर्ष हैन ।
शुक्रबार देखि नयाँ फिल्म 'मिसन फोर ट्वान्टी' मा ब्यस्त भएका सुनिलले हाल सम्म २ सय ५० बढी फिल्ममा भिलेनको रोल निभएका छन् । केही फिल्ममा भने उनको अभिनय पोजेटिभ पनि छ । तर उमेर ढल्केसंगै निर्देशकहरुले अभिनयमा भेरियसन दिन नखोजेको प्रति उनको गुनासो छ । 'अब म नेगेटिभ रोल गर्न चाहन्न', थापाले आफ्नो गुनासो केही फिल्मकर्मीमाँझ पोख्दै थिए ।
मध्यबानेश्वरबाट नयाँ बानेश्वर शंखमुलमा भखैरै डेरा सरेका उनी एकलकाटे जीवन बिताईरहेका छन् । उनको परिवार भारतमा रहेकाले उनी लामो समय देखि एक्ले बस्दै आएका छन् । २०४६ सालमा बनेको चिनो फिल्मबाट उनी हिट भएका हुन् जसभित्र उनको फिल्मी नाम राते काईंलाले अझै उनलाई चिनाउने गरेको छ । चिनो खेल्नु अघि उनले मसाल, सम्बन्ध र सन्जोग भन्ने फिल्म खेलेका थिए र बलिउडका चार फिल्म पनि पनि तर नेपालमा रिलिजको हिसावमा चिनो अगाडी आएपछि उनी चिनोबाट नेपाली दर्शकमाझ ज्यादा चिनिएका हुन् ।
'उमेर भनेको अंक हो त्यसैले त्यता बढी ध्यान नदिंदा राम्रो', थापाले फुलेको आँखी भौंको रौं समात्दै भने । उनको कपाल पनि पुरै फुलेको छ जसको उपचार उनी बेरिना लगायत विभिन्न हेयर कलरले गर्ने गरेका छन् । तर आँखी भौं फुलेपछि भने उनलाई तनाव बढेको उनका विभिन्न गफले प्रष्टाउछ ।
.jpg)

