Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`मलाई फ्लप हिरोईन भन्छन्` : सुमिना घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2012/09/08

फ्लप भन्ने शब्द सुन्नु सबैका लागि दु:ख र चिन्ताको कुरा हो । यहि शब्दको चिन्तामा नायिका सुमिना घिमिरे पनि परेकी छिन् । हुन पनि अहिले उनलाई धेरैले फ्लप हिरोईन भन्न थालेका छन् ।

 

छबिलाल कन्जुस छैनबाट नेपाली फिल्म उधोगमा प्रवेश गरेकी सुमिनाका पहिलो फिल्म सहित दुलही, किन मायामा, हेल्लो प्रकृति र सडक गरि पाँच फिल्म रिलिज भए । रिलिज भएका यि पाँच वटै फिल्मले सफलता हात पार्न सकेनन् । निर्मातालाई त घाटा लाग्यो नै सुमिनालाई पनि यि फ्लप फिल्मले करियरमा केहि धक्का पुर्‍याएको हो कि भन्ने अनुमान फिल्मकर्मी तथा सञ्चारकर्मीहरू माझ चर्चाको बिषय बनेको छ । तर सुमिना भने यो कुरालाई ठाडै इन्कार गर्छिन् ।

 

शनिबार फिल्म 'माई ब्रदर' को डबिङ गर्न सानो भर्‍याङ स्थित युनिभर्सल स्टुडियोमा पुगेकी सुमिनाले फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'मलाई सबैले फ्लप भन्न थालेका छन् तर म फ्लप हिरोईन हैन ।' लगातार रूपमा आफूले काम पाईरहेको र रिलिज भएका फिल्मबाट आफूले राम्रो प्रतिक्रिया पाएकाले आफूलाई फ्लप भन्न नमिल्ने सुमिनाको तर्क छ । 'फिल्म नचल्नु आफ्नो ठाउँमा छ तर म चलेकी छु', सुमिना दाबीका साथ भन्छिन्, 'फिल्मको व्यवसायसँग कलाकारको कामलाई तुलना गर्न अलि मिल्दैन । किनकी फिल्ममा कलाकारले राम्रो गर्दा गर्दै पनि फिल्म नचलेका धेरै उदाहरण छन् ।'

 

माई ब्रदरको साथमा सुमिनाले अभिनय गरेका रङ र नाईन ओक्लक रिलिजको क्रममा छन् भने लभ फर इभरको केहि दिन अगाडी मात्र सुटिङ सकिएको छ । त्यस्तै उनी हाल सेफ ल्यान्डिङ नामक फिल्ममा व्यस्त छिन् भने ह्वाईट हाउस र हनिमुन उनका आगामी प्रोजेक्ट हुन् । यसरी धमाधम काम पाईरहँदा र आफ्नो कामको प्रतिक्रिया पनि सकारात्मक पाईरहँदा फ्लप भन्ने शब्दले निकै दुखित बनाएको सुमिनाको भनाई छ ।

 

असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म माई ब्रदरबाट उनले राम्रै आश राखेकी छिन् । फिल्ममा सस्पेन्स भुमिका निर्वाह गरेको बताउँदै सुमिनाले यो फिल्मले आफ्नो करियरलाई अगाडी बढाउन सहयोग गर्ने समेत बताईन् । फिल्मलाई बिष्णु भट्टराईले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा सुमिनालाई दीपक पाण्डेले साथ दिएका छन् ।

 

My Brother new promo