Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

सुर्खेती युवाहरुको स्टुडेन्ट लाईफ सकियो

जीवन शाही, सुर्खेत, 2012/09/08

सुर्खेती युवाहरुको पहलमा सुजल इन्टरटेन्मेन्ट्सको ब्यानरमा निर्माण भइरहेको नेपाली फिल्म 'स्टुडेन्ट लाईफ' को साठी दिन लगाएर सुटिङ कार्य सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी निर्माण कम्पनीले फिल्म सकिएको जानकारी दिएको हो ।
 

प्लसटु लेवलको किशोर किशोरीहरुको कथावस्तुमा आधारित यो फिल्म पूर्णतया लभस्टोरी भएको र यसले किशोर अवस्था केटाकेटीको प्रेममा आधारित रहेको परिकल्पनाकार तथा निर्देशक नविन रेग्मीले बताए । रेग्मीले त्रिकोणात्मक प्रेमकथामा आधारित 'स्टुडेन्ट लाईफ' ले प्लसटु लेवलका किशोर किशारीहरुमा विपरित लिङ्ग प्रति हुने आकर्षणका कारण मौलाउदै गएको विकृतिले पारेको प्रभाव सम्बन्धी विषय बस्तुको उठान गरेको बताएका ।

 

सुजल इन्टरटेन्टमेन्ट्स निर्माता बलभद्र खत्रीले सुर्खेत जिल्लाका यूवाहरुले पनि अवसर पाएमा केही गरेर देखाउन सक्छन् भन्ने कुराको पुष्टि यो फिल्मबाट देखाउन खोजेको बताएका । करीब १६ लाखको लगानीमा निर्माण कार्य सम्पन्न गरिएको फिल्मको कहिले रिलीज गर्ने भन्ने प्रसंगको जवाफमा निर्माता खत्रीले रिलिजका लागि डेट लिई नसकेको बताए पनि तिहार सम्म गर्ने लक्ष्य भएको बताए । उनले अब सम्पादनका लागि आफुहरु काठमाण्डौ जान थालेको र सकभर तिहार सम्ममा रिलिज गर्ने गरी आफुहरु काममा जुटिरहेको जानकारी पत्रकार सम्मेलनमा गराए ।

 

वीरेन्द्रनगरकै स्थानीय विनोद कँडेलले नवनायकको रुपमा यस फिल्मबाट डेव्यु गरेका छन् । त्यसैगरी नायिककाको भूमिकामा पनि स्थानीय कलाकार मेगा थापा छन् । मेघाका लागि पनि यो पहिलो फिल्म नै हो । स्टुडेन्ट लाइफ यूनिटले यो आफ्नो पहिलो फिल्म भएकाले आफ्नो भविष्य निर्माणका लागि मूलढोका भएको बताए । फिल्ममा गणेश खत्री, मिनराज थापा र ध्रुवेन्द्र शाही लगायतको पनि अभिनय हेर्न सकिनेछ । फिल्ममा नृत्य रविन गुरुङ, संगीत अशु सिंह, पाश्र्व गायनमा अशु सिंह, राजेश सिंह र सुम्निमा सिंह, गीत सुमित राई, द्वन्द योगेश बीसीको छ भने फिल्मलाई किम्मत गौतमले खिचेका छन् ।