मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

फेसबुकलाई फिल्मकर्मीले कति नम्बर दिए ?

फिल्मीखबर, काठमाण्डौ, 2012/09/08

शुक्रबार साँझ सिटी सेन्टर स्थित विगत सिनेमामा फ्यामेली  शो आयोजना गरेको गरेको फेसबुक युनिटले फिल्मकर्मीबाट तारिफ पाएको छ । दर्शकसंगै फेसबुक युनिटका साथ फिल्म हेर्न पुगेका केही फिल्ममेकरहरुसंग फिल्मीखबरले १० मा कति नम्बर दिनुहुन्छ भनी सोधेको थियो जसमा अधिकाशले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।


नीर शाह (बरिष्ठ फिल्मकर्मी) : यो फिल्मको निर्देशकिय पक्ष उत्कृष्ट लाग्यो त्यसैले सुरज सुब्बालाई म नम्बर वान डाइरेक्टर भन्छु । कलाकारको प्रस्तुती पनि राम्रो छ तसर्थ यो फिल्मलाई मेरो तर्फबाट १० मा ८ नम्बर ।


दीपक राज गिरी (हाँस्यकलाकार) : मेरो कान्तिपुरमा डिउटी परेकाले मैले पछिल्लो आधा घण्टा हेरिन तर जति हेरे पुरै ईन्ज्योय गरे । नेपाली फिल्म हो भनेर यो फिल्म हेर्नुपर्छ त्यसैले समिक्षाको हिसावले नम्बर दिनुपर्दा यो फिल्मलाई म सात दिन्छु । मलाई यो फिल्मको स्टोरी टेलिङ्ग र प्रेजेन्टेशन उत्कृष्ट लाग्यो ।

रोज राणा (निर्माता) : स्टोरी नै नयाँ भएकाले फिल्म आफैमा राम्रो छ त्यसमाथि सुरज सुब्बाको निर्देशकिय पक्ष र सुवास थापाको अभिनयमा खोट लगाउने ठाँउ छैन त्यसैले म चाहि यो फिल्मलाई ८ नम्बर दिन्छु ।


चेतन सापकोटा (संगीतकार) : यत्तिको फिल्ममा स–साना कमजोरीलाई औल्याउनु चाँही हुँदैन त्यसैले म यो फिल्मलाई ८ नम्बर दिन्छु ।


नरेश भट्टराई (संचारकर्मी) : यतिको फिल्म बन्यो भने हाम्रो पनि छाति फुलाउने ठाउँ छ तसर्थ म यो फिल्मलाई ९ नम्बर दिन्छु । मलाई पनि यो फिल्मको निर्देशकिय पक्ष उत्कृष्ट लाग्यो । र, अन्य साथीहरुलाई पनि म के भन्न चाहन्छु भने यस्तै फिल्मलाई सवैले सफल बनाउन सहयोग गर्न हिचकिचाहट गर्नुहुन्न ।